आदित्य, मिचल, पीयूष र आदर्श विजयी


भारतका आदित्य ऐयर, पोल्यान्डका मिचल वोज्लक, भारतका पीयूष एस. सलेकर र भारतकै आदर्श नागा टिप्पाभट्लाले नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपअन्तर्गत पुरुष सिंगल्सको पहिलो चरणमा मंगलबार जित हात पारेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा आदित्यले नेपालका सौरवराज पाण्डेलाई ६–० र ६–०, मिचलले चीनका ग्वाङलिन वेनलाई ६–४, २–६ र ६–३, पीयूषले नेपालका प्रणव खनाललाई ६–१ र ६–३ तथा आदर्शले नेपालका सक्षम कार्कीलाई ६–२ र ६–१ को सेटमा पराजित गरे ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा भारतकी शरण्या गवारेले चीनकी छुन्जी गोलाई ६–१ र ६–३, जापानकी मियो कोजाकीले चीनकी जिङयी वाङलाई ६–१ र ६–१, चीनकी ना डोङले भारतकी भाब्या रमिनेन्टलाई ६–४ र ६–४ तथा चीनकी युजिआओ छेले भारतकी रिया उबोभेजालाई ६–२ र ६–१ को सोझो सेटमा हराए ।
पुरुष डबल्समा भारतका मृत्युञ्जय बदोला र दिपिन वाध्वा, भारतका गुन्जन जाधव र अथर्व शर्मा, चीनका ग्वाङलिन वेन र यु लुन झाइ, भारतका तीर्थ एस. मचेर्ला र कविर मनराय, भारतका जैशविन सिडाना र आदर्श नागा टिप्पाभट्ला, चीनका पेनग्यु लु र ग्वाङसेन वेन, भारतका आदित्य ऐयर र पीयूष सुरेन्द्र सलेकर तथा नेपालका संरक्षकभूषण वज्राचार्य र हङकङका म्याथ्यु यिको जोडीले सफलता आत्मासात् गर्दै क्वाटरफाइनलमा प्रवेश गरे ।
महिला सिंगल्समा चीनका जोङयु लि र जिङ याङ, भारतकी अस्प्रित कौर वाज्वा र जापानकी मियो कोजाकी, चीनका युजिआओ छे र जिङयी वाङ, भारतका भक्ति शाह र रिया उबोभेजा, चीनका ना दोङ र मिङगालाओ याङ, चीनकी छुन्जी गुओ र थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेड, अमेरिकाकी एन्जेल मोगिली र भारतकी भाब्या रमिनेनी तथा भारतका वैदेही चौधरी र शिवानी स्वरुप इङलेको जोडीले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

Comment