दक्षिण एसियाली करातेका लागि नेपाली टोली भारततर्फ

karate team n
भारतको नयाँ दिल्लीमा हुने खुला दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित ४५ सदस्यीय नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । डिसेम्बर २७ र २८ तारिखमा हुने च्याम्पियनसिपको पुरुषतर्फ विजय लामा, सोनाम लामा, सुनील लामा, मोहन कार्की, दिवस श्रेष्ठ, भीमबहादुर तामाङ, डिगम्बरप्रसाद पन्त, मन्डेकाजी श्रेष्ठ, सुवास कार्की, डम्बरबहादुर आले, सानुकुमार रुम्बा र वीरबहादुर तामाङ रहेका छन् । महिलामा अर्मिला डिसी, अनु अधिकारी, मल्लिका थापा, सनी तामाङ, विभूषा थापा, रिता कार्की, चन्चला दनुवार, शुभद्रा श्रेष्ठ, संगीता डंगोल, सुनीता लामा र कुसुम खड्का छन् ।
टिम व्यवस्थापकमा मजेन्द्र सिंह, अफिसियलमा टेकप्रसाद कट्टेल र दुर्गाप्रसाद दुलाल, प्रशिक्षकमा राजेन्द्र कपाली, दीपक श्रेष्ठ, विजय तामाङ र सुनीता श्रेष्ठ, निर्णायकमा विजयमान थापा, विमल खडायत, प्रदीप राई, सुरेन्द्र गुरुङ, कृष्णबहादुर चौधरी, भरत हमाल, साइला गमाल, सचिन चौलागाईं, सञ्जय रन्जित, कृष्णप्रसाद दाहाल, जसबहादुर पुन, विक्रम लामा, अन्जु हाछेतु र सागर श्रेष्ठ तथा मेडिकलमा कृष्णप्रसाद घिमिरे रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल कराते महासंघका अध्यक्ष एवं एसियाली प्यासिफिक सितोरियो कराते महासंघका प्रथम उपाध्यक्ष दावा गुरुङ लगायतले बिदाइ गरे ।

Comment