आमन्त्रण भलिबल प्रतियोगितालाई सहयोग जारी

सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितालाई सहयोग आउने क्रम जारी रहेको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सनराईज क्लब, हङ्गकङ्गको तर्फबाट नगद १० हजार प्रदान गरिएको छ । अध्यक्ष नविन थापा मगर र उपाध्यक्ष गंगा बहादुर गुरुङ्गले उक्त रकम कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङ्गलाई मंगलबार हस्तान्तरण गरे । कास्की जिल्ला खेलकुद विकास समिति प्रतियोगिताको संयुक्त आयोजक रहेको छ ।

Comment