पूर्व खेलाडीद्वारा नुवाकोट तेक्वान्दोलाई सहयोग


कतारमा विभिन्न कारण बसोबास गर्दै आईरहेका नेपाली खेलाडीहरुले नुवाकोट तेक्वान्दोलाई खेल सामाग्री सहयोग गरेका छन् । ओलम्पियन तेक्वान्दो खेलाडी संगिना बैद्यको विशेष पहलमा कतारमा कामका सिलसिलामा तथा अन्य कारण बसोबास गर्दै आईरहेका नेपाली खेलाडीहरुको तर्फबाट संकलित ६५ हजार बराबरको खेल सामाग्री बैद्यको उपस्थितीमा पूर्व खेलाडी द्वय उत्तम भण्डारी र अजून गोतामेले डोजाङ्गका बरिष्ठ उपाध्यक्ष सुमन अधिकारी र तेक्वान्दो सहायक प्रशिक्षक सरण घलेलाई हस्तान्तरण गरे ।
प्रदान गरिएको खेल सामाग्रीमा चेष्ट प्याड, किकप्याड र ड्रमी किकप्याड रहेको ओलम्पियन बैद्यले जानकारी गराईन् ।
खेल सामाग्री प्रदान गर्दै पूर्व खेलाडी भण्डारीले नुवकोटबाट ओलम्पियन संगिन बैद्य र साफ खेलाडी रमेश श्रेष्ठ जस्ता खेलाडी उत्पादन गर्दै तेक्वान्दो खेल मार्फत नेपाललाई अन्तराष्ट्रिय स्तरमा परिचित गराउन सफल नुवाकोट तेक्वान्दो डोजाङ्गलाई सहयोग गर्न पाउँदा आफुलाई निकै गर्व लागेका बताए । आगामी दिनमा समेत नुवाकोटले यस्ता प्रतिभावान खेलाडी उत्पादन गर्नेमा आफु विश्वस्त रहेको बताए । आगामी दिनमा पनि यस्ता सहयोग जुटाउंदै जाने र यसले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न तथा खेलाडीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने ओलम्पियन बैद्यले बताईन् ।

Comment