दीपिका सेमिफाइनलमा

दीपिका एकेडेमी नेफ–साइपल यु–१६ छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । दीपिकाले हाइली क्रिएटिभलाई सडन डेथमा पराजित ग¥यो ।उत्तर भेगीय शैक्षिक मञ्च, प्याब्सनद्वारा आयोजित प्रतियोगितामा केयु सिटीले जोसेफलाई टाइब्रेकरमा ५–४, तारा सदनले नेसनल युनाइटेडलाई २–० तथा अनमोल ज्योतिले सेक्रेड हर्टलाई १–० गोलले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा तारा सदनको भेट दीपिकासंग हुनेछ भने केयु सिटीले अनमोल ज्योति विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Comment