निर र जीवन सफल

कम्प्लिट हेल्थ क्लबका नीरविक्रम देवकोटा र जीवन आचार्यको जोडीले सातौं बविन स्मृति ब्याडमिन्टन प्रतियोगितामा मंगलबार जित हात पारेका छन् । उक्त जोडीले देवीनगर ब्याडमिन्टन क्लबका राजु बस्नेत र सुदीप श्रेष्ठको जोडीलाई २१–१० र २१–१० को सोझो सेटमा पराजित गरे ।अर्को खेलमा तीनचुली ब्याडमिन्टन क्लबका राजु देउजा र दत्त थापाको जोडीले आयोजक किङ कम स्पोर्ट्स क्लबका मनोज शाही र राम सुब्बाको जोडीलाई २१–११ र २१–६ को सीधा सेटमा हराए ।

Comment