विवेकलाई तेश्रो स्थान

मस्को ओपन चेस प्रतियोगिताको सि क्याटोगारीमा नेपालका बिवेक थिङले तेस्रो स्थान हात पार्न सफल भएका छन्।उनले स्वीश लिग प्रणाली अनुसार नवौं चरणसम्म भएको खेलमा ७.५अंक सहित सो स्थान हात पारेका हुन। उनले नगद ६५ हजार प्राप्त गरेको नेपाल बुद्धीचाल संघका महासचिव हेराकाजी मर्हजनले जानकारी दिए । विवेकले अन्तिम चरणको खेलमा रसियाका अलेक्जेन्डर याकुबलाई हराएका थिए। उनले अाफ्नो ५८  रेटिङ सुधार गरे। रसिया ,उक्रेन ,ईटाली ,उब्जेकिस्तान लगायत २२ राष्ट्रका ३८० खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा बिवेकले सात खेलमा सफलता हात भने एक खेल बराबरी खेलेका थिए। उनी एक बर्ष अगाडिदेखि मस्को विश्व बिध्यालयमा नेपाल बुद्धिचाल संघले उपलब्ध गराएको छात्रवृत्तिमा अध्यनरत छन्।

Comment