सञ्जयलाई आइएमएसग्रुप को सम्मान

संजयलाइ आइ एम एस ग्रुप को १ लाख सहित ताम्र पत्र अन्टारटिकाको सर्बोच्च सिखर आरोहण तथा अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजम्यान आरोहण गरेका बिस्व पर्वतारोही संजय पण्डितलाई मंगलबार आइ एम एस ग्रुपले १ लाख सहित ताम्र पत्र प्रदान गरेको छ | ग्रुपका अध्यक्ष दिपक मलहोत्राले उक्त रकम बराबर चेक तथा ताम्र पत्र द्वारा सम्मान गरे | संजयले सगरमाथा मनास्लु सहित बिस्वका १० बिस्व सिखर हरु सफलतापुर्बक आरोहण गरेका छन् | पण्डितले अफ्रीकाको सिखर किलिमन्जारो र अस्ट्रेलिया को सिखर कोजीयसको उल्टो हिडेर आरोहण गरेका थिए |  काठमाडौँको दरबारमार्गमा आयोजित कार्यक्रममा अध्यक्ष मलहोत्राले नेपाललाई आरोहणको माध्यमबाट अन्तरास्ट्रिय क्षत्रमा चिनाउन अहम भूमिका खेलेको हुनाले उनको साहसलाई उच्च मुल्याकन गर्दै आइ एम एस ग्रुपले सम्मान गरेको बताए |

Comment