राष्ट्रिय ¥याफ्टिङ्ग च्याम्पियनसिप फागुन पहिलो साता

नेपाल ¥याफ्टिङ्ग एण्ड क्यानोईङ्ग संघको आयोजनामा राष्ट्रिय ¥याफ्टिङ्ग च्याम्पियनसिप २०१७ फागुन ३ देखि ५ गते सम्म आयोजना हुने भएको छ । नेपाल एशोसियसन अफ ¥याफ्टिङ्ग एजेन्सिज (नारा), हिमालयन रिभर गाईड एशोसियसन नेपालको सहयोगमा पाँचौ माउन्टेन स्पोर्टस् फेस्टिवल अन्तरगत हुने प्रतियोगिता अन्तरगत फागुन ३ गते १० देखि १७ कि.मि.को क्यायाकिङ्ग डाउन रिभर रेश हुनेछ भने प्रमुख खेलको रुपमा फागुन ४ र ५ गते राष्ट्रिय ¥याफ्टिङ्ग च्याम्पियनसिप हुनेछ । जसमा ३०० मिटरको ¥याफ्ट रेश, हेड टु हेड, ¥याफ्ट स्प्रिन्ट र स्लालममा प्रतिस्पर्धा गराईने आयोजकले जनाएका छन् ।
नेपालको ठाडो खोला त्रिशुलीको फिस्लिङ्गमा आयोजना हुने प्रतियोगितामा स्वदेशी साहसिक खेलाडीहरु मत्र तथा सेना र एपिएफका गरि करिव १५ टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितालाई सफल बनाउन अन्तराष्ट्रिय क्यानोईङ्ग महासंघका अध्यक्ष जोई विल जोन्स नेपाल आईसकेका छन् ।
७ लाखको बजेट रहेको प्रतियोगितामा विजयी खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको दौरानमानै माघ २५ देखि २७ गते सम्म क्यानोईङ्ग वर्कसप सञ्चालन गरिने छ । जसमा अन्तराष्ट्रिय क्यानोईङ्ग महासंघका अध्यक्ष एवं प्रशिक्षक जोईको प्रशिक्षणमा नेपालका करिव २० प्रशिक्षकहरुले विशेष तालिम लिनेछन् । प्रतियोगिताको समापन फागुन ५ गते गोरखाको बुटार गा.बि.स.स्थित गोरखा विच रिसोर्टमा हुने छ ।

Comment