सीसीआरसी र ट्रिनिटी क्वाटरफाइनलमा

सीसीआरसी र ट्रिनिटी हिसान खेलकुद सप्ताहअन्र्तगत ब्वाइज बास्केटबलमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सीसीआरसीले ग्रिनफिल्डलाई ३५–१९ तथा ट्रिनिटीले मनकामनालाई ५७–२४ ले पराजित गरे । अन्य खेलमा एलएले हेराल्डलाई २४–१९, आइन्सटाइनले हिम्सलाई ४२–२९, रोज बडले ह्वाइटहाउसलाई ५०–३७, जेभियरले ग्लोबललाई ५०–१७, मोर्गनले एन्जल्स हर्टलाई ४४–४० तथा टाइम्सले गोल्डेनगेटलाई ३२–२१ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

Comment