ल्यान्डमार्कलाई उपाधि


ल्यान्डमार्कले माफ अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।पुरानो बानेश्वरस्थित आयोजक क्याम्ब्रिज पब्लिक स्कुलको कोर्टमा भएको फाइनलमा ल्यान्डमार्कले आयोजक क्याम्ब्रिजलाई २–० को सोझो सेटमा पराजित ग¥यो । कन्स्टिलेसनले पिस प्वाइन्टलाई २–१ को सेटमा हराउदै तेश्रो भयो । क्याम्ब्रिजकी सेचल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भइन् ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, माफका अध्यक्ष राजु राई र क्याम्ब्रिजकी संस्थापक प्रिन्सिपल रिता राई दाहालले पुरस्कृत गरे । दुईदिने नकआउट प्रतियोगितामा १४ टिम सहभागी थिए ।

Comment