मायांका र रेन्जनको विजयी सुरुआत


नेपाली खेलाडी मायांका राणा र रेन्जन लामाले नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपमा सोमबार विजयी सुरुआत गरेका छन् । सातदाबोटोस्थित टेनिस कोर्टमा भएको महिला सिंगल्समा मायांकाले भारतकी अस्प्रित कौर वाज्वालाई ७–५ र ७–५ ले पराजित गरिन् । पुरुष सिंगल्समा रेन्जनले भारतका वंश भग्तानीलाई ४–६, ७–५ र ७–५ को सेटमा हराए ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्सको अन्य खेलमा भारतका तीर्थ एस. माचर्लाले नेपालका संरक्षकभूषण वज्राचार्यलाई ७–६(५) र ६–३, भारतका मृत्युञ्जय बदोलाले युकेका कायल स्टोकरलाई ६–३ र ६–२, जापानका रियु लिजुमीले नेपालका अभिनव आचार्यलाई ६–० र ६–०, भारतका अथर्व शर्माले अमेरिकाका अर्जुन मारियाप्पालाई ६–७(३), ६–२ र ६–४, भारतका विपिन वाध्वाले नेडरल्यान्डका जेरियोन बोइरलाई ६–० र ६–०, भारतका कविरमान राईले हङकङका म्याथ्यु यिलाई ६–३ र ६–३, चीनका पेनग्यु लुले भारतका जैशवीन सिदानालाई ६–२ र ७–६ (९), भारतका ईशान सेठ्ठीले थाइल्यान्डका माइकल माथायोम्चन्दलाई ४–६, ६–२ र ६–१, भारतका गुन्जन जाधवले नेपालका संरक्षकभूषण वज्राचार्यलाई ६–० र ६–१, चीनका यु लुन झाइले नेपालका विवेकशंकर श्रेष्ठलाई ६–० र ६–० तथा भारतका प्रत्युश मोहन्टीले नेपालका साम्राज्ञ कटुवाललाई ६–१ र ६–० को सेटमा पराजित गरे ।
महिला सिंगल्समा भारतकी वैदेही चौधरीले नेपालकी एनी माथेमालाई ६–० र ६–०, थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेडले चीनकी जोङयु लिलाई ६–३ र ६–३, चीनकी जिङ याङले भारतकी गौरी भागियालाई ६–४ र ६–१, भारतकी यशस्वनी पन्वारले अमेरिकाकी एन्जली मोगिलीलाई ६–१ र ६–३, श्रीलंकाकी एनिका सेनेभिरात्नेले भारतकी भक्ति शाहलाई ७–५ र ६–२, भारतकी जान्भी पटेलले नेपालकी माहिका राणालाई ६–२ र ६–२, भारतकी शिभानी स्वरुप इङलेले नेपालकी क्याथ्रिन माथेमालाई ६–१ र ६–०, भारतकी किरण कलकलले नेपालकी विजिशा श्रेष्ठलाई ६–२ र ६–१, चीनकी मिङक्यु याङले भारतकी मिसा सुदलाई ६–३ र ६–४, भारतकी गौरी अग्रवालले नेपालकी विभूति कार्कीलाई ६–० र ६–१ तथा भारतकी माल्भिका शुक्लाले नेपालकी स्नेहा यादवलाई ६–० र ६–० को सेटमा हराए ।
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । सर्किट १ मा ५७ पुरुष र ३७ महिला गरी विभिन्न राष्ट्रका ९४ खेलाडी सहभागी छन् ।

Comment