मनाङ्ग मस्र्याङ्गदीलाई उपाधि

मनाङ्ग मस्र्याङ्गदी क्लबले दोश्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा मनाङ्गले सोमबार भएको फाइनल खेलमा झापा ११ लाई १–० ले पराजित ग¥यो । विजयी टोलीका लागि ओलावालले ६३ औ मिनेटमा निर्णायक गोल गरे । निराजन मल्ल खेलको म्यान अफ द म्याच घोषित भए ।

Comment