एपिएफ सेमिफाईनलमा


सशस्त्र प्रहरी बलको एपिएफ क्लब पोखरामा जारी सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ को महिला तर्र्फ सोमबार ग्रुप एबाट सेमिफाईनलमा प्रवेश गरेको छ । एपिएफको महिला टिमले आफ्नो दोश्रो खेलमा पश्चिमाञ्चललाई २५–१७, २५–१० र २५–१९ को सोझो ३–० को सेटमा पराजित गर्दै कुल ६ अंकका साथ सेमिफाईनलमा स्थान बनाएको हो । एपिएफले पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–०ले पराजित गरेको थियो ।
सृजना विकास केन्द्रको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष तर्फको ग्रुप बिको खेलमा पनि एपिएफले जित हात पारेको छ । आर्मी संग पराजित रहेको एपिएफले क्लब लिग च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब काठमाण्डौलाई ३–१ ले पराजित गर्दै ३ अंक बुटुल्न सफल भयो । पहिलो र दोश्रो खेलमा २५–२२ र २५–१३ ले जित हात पारेको एपिएफ तेश्रो खेलमा हेल्प नेपाल संग निरिह भयो । तेश्रो सेटमा हेल्प नेपालले एपिएफलाई २५–२०ले पराजित ग¥यो । चौथो सेटमा एपिएफले २५–१९ले हेल्प नेपाललाई जित्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भएको हो ।
पश्चिमाञ्चल भलिबल संघको आयोजना, कास्की जिल्ला खेलकुद विकास समिति तथा पश्चिमाञ्चल खेलकुद विकास समितिको संयोजनमा भएको प्रतियोगिताको ग्रुप बिको खेलमा न्यू डायमन्डले नेपाल पुलिस संग अंक बाड्न बाध्य भएको छ । बेष्ट अफ फाइभको खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ सेटले पराजित गर्दै अंक बाँडेको हो । डायमन्डले २ अंक प्राप्त ग¥यो भने पुलिसले हारेता पनि १ अंक प्राप्त गर्न सफल भयो । यस संगै पुलिसको ४ अंक भएको छ । आफ्नो पहिलो खेलमा पुलिसले भारतको उत्तर प्रदेश भलिबल संघलाई पराजित गर्दै ३ अंक प्राप्त गरेको थियो ।
पहिलो सेटमा १९–२५ ले हारेको डायमन्डले दोश्रो सेटमा पुलिसलाई १४ अंकमा रोक्दै जित हात पा¥यो । तेश्रो सेटममा पुनः २२ अंकमा रोकिंदै हार व्यहोरेको डायमन्डले चौथो सेट २५–२० र निर्णायक खेलमा १५–९ले पराजित गर्दै कठिन जित हात पार्न सफल भयो ।
यस्तै पुरुष तर्फको ग्रुप ए को खेलमा नेपाल पुलिस क्लबले आयोजक पश्चिमाञ्चललाई ३–०को सोझो सेटमा पराजित गर्दै ३ अंक हात पा¥यो । पुलिसले आयोजकलाई २५–१०, २५–१९ र २५–१८ अंकले पराजित ग¥यो ।
मंगलबारको पहिलो खेल महिला तर्फ न्यू डायमन्ड र उत्तर प्रदेश भारतविच, दोश्रो खेल पश्चिमाञ्चल र त्रिभुवन आर्मीविच तथा पुरुष तर्फ पहिलो खेल पश्चिमाञ्चल र उत्तर प्रदेश भारतविचे तथा दोश्रो खेल हेल्प नेपाल स्पोर्टस् क्लब र नेपाल आर्मीविच ३ः३० बजे हुने छ ।

Comment