हिमालयन शेर्पा सेमिफाईनलमा


सिमरा । रुपन्देही ११ लाई पन्छाउदै हिमालयन शेर्पा सिमरामा जारी रुस्लान सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार भएको खेलमा रुपन्देहीमाथी १–० को जित निकाल्दै शेर्पा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।
शेर्पाको जितमा निशान लिम्बुले निर्णायक गोल गरे । उनले ५२ औ मिनेटमा निर्णायक गोल गरे । साविक उपबिजेता रुपन्देहीले खेलको सुरुवात आकर्षक गरेपनि गोल गर्ने थुप्रै राम्रा अवसर चुकाएको थियो । खेलको तेश्रो मिनेटमै रुपन्देहीका दिपक राई प्रहार उत्कृष्ट प्रहार शेर्पाका गोलरक्षक किशोर गिरिले बचाउ गरे । खेलको २० औ मिनेटमा शेर्पाका सुरज हमाल वन भर्सेस वनको स्थितीमा चुके । उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । सुरुवातदेखी राम्रा अवसरको सिर्जना गरेका दुबै टिमको फिनिसिङ भने सन्तोषजनक रहन सकेन ।
खेलको दोस्रो हाफमा भने शेर्पाले रुपन्देहीलाई सुरुवातदेखीनै दवावमा राख्यो । शेर्पाले आक्रामक खेल खेल्दै दोस्रो हाफको सुरुवातमै गोल गर्दै खेलमा अग्रता लिएको हो । शेर्पाका निशाल लिम्बुले एकल प्रयासमा डिबक्स भित्रबाट प्रहार गरेको बलले सिधै गोलको दिसा लीएको थियो । एक गोलले पछि परेपछि दवाव झेल्न पुगेको रुपन्देहीका खेलाडीलाई शेर्पालाई रोक्न हम्मेहम्मे प¥यो । शेर्पाले ६४ औं मिनेटमा शेर्पाका बिश्वास श्रेष्ठले मिलाएको क्रसमा दुई खेलाडी गोल गर्न चुके । बिश्वासको क्रसलाई सुरज हमाल र रिचार्ड पुनले सदुपयोग गर्न सकेनन् ।
दोस्रो हाफमा सुरुवात देखीनै पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा जितका लागी शेर्पाले अन्तिम समयसम्म संघर्ष गनु¥यो । खेलको अन्तिम पाच मिनेटमा खेलमा फर्कने थुप्रै अवसर सिर्जना गरेको रुपन्देहीले स्कोर गर्न नसक्दा हार आत्मसाथ गर्न बाध्य भयो ।
खेलको म्यान अफ दि म्याच शेर्पाका निशान लिम्बु घोषित भए । उनले पाच हजार रुपैया प्राप्त गरे । प्रतियोगिता अन्तर्गत मंगलवार बिभागिय टिम त्रिभुवन आर्मी क्लब र वीरगन्ज युनाईटड क्लबबिच हुनेछ ।

Leave A Response