दीपु र विशालको जोडी विजयी

तीनचुली युथ क्लबका दीपु मगर र विशाल लिम्बूको जोडीले सातौं बविन स्मृति ब्याडमिन्टन प्रतियोगितामा सोमबार जित हात पारेका छन् ।
किङ कम स्पोर्ट्स क्लबको आयोजनामा पुरानो बानेश्वरस्थित भीमसेनगोलामा भएको खेलमा दीपु र विशालको जोडीले चन्द्रसूर्य युथ क्लबका सुवास उलब र अरुण बलामीको जोडीलाई १२–२१, २३–२१ र २१–८ को सेटमा पराजित गरे ।
अर्को खेलमा मानभवनका गजेन्द्र राई र सुजन राईको जोडीले पञ्चकुमारी युथ क्लबका वीरेन्द्र कुँवर र प्रणय घिमिरेको जोडीलाई २१–१४ र २१–१९ को सोझो सेटमा पराजित गरे । जितसंगै विजेता दुवै जोडी प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

Comment