इनोभेटिभ र एचएचसीए सेमिफाइनलमा


आयोजक इनोभेटिभ इङलिस स्कुल र एचएचसीए छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।इनोभेटिभले बेबिलनलाई ४०–३४ ले पराजित ग¥यो । इनोभेटिभको जितमा ईश्वर सापकोटाले १६ र्अंक योगदान गरे । विशाल राईको १६ र्अंक सहयोगमा डिफेन्डिङ च्याम्पियन एचएचसीएले युलेन्सलाई ४९–३९ हरायो ।सिनियर ब्वाइजमै पुष्पसदन र माउन्ट कैलाश पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।पुष्पसदनले ज्ञानोदयलाई ४१–२० ले पाखा लगायो । पुष्पसदनका आशिष महर्जनले १० स्कोर गरे । माउन्ट कैलाशले बाबामाथि ३७–१२ को सहज जित दर्ता ग¥यो । विजेताका बुद्धवीर रोकाले ११ र्अंक जोडे । सेमिफाइनलमा माउन्ट कैलाशको भेट इनोभेटिभर्संग हुनेछ भने पुष्पसदनले एचएचसीएको सामना गर्नेछ ।सिनियर गल्र्समा भ्याली पब्लिक, रातो र्बंगला, डिफेन्डिङ च्याम्पियन एचएचसीए र इनोभेटिभ सेमिफाइनलमा पुगे ।
भ्याली पब्लिकले स्किब्सको चुनौती २२–६ ले समाप्त पा¥यो । भ्याली पब्लिकको जितमा प्रतिक्षा मगरले ६ र्अंक बटुलिन् । रातो र्बंगलाले माउन्ट कैलाशलाई २२–१० ले हरायो । रातो र्बंगलाकी र्संस्कृति मास्केले १४ र्अंक जोडिन् । ज्ञाननिकेतन विरुद्धको खेलमा एचएचसीए २८–८ ले विजयी भयो । एचएचसीएको जितमा अनिता राईले १५ स्कोर गरिन् ।सेमिफाइनल भ्याली पब्लिक र एचएचसीए तथा रातो र्बंगला र इनोभेटिभबीच हुनेछ । जुनियर ब्वाइजको सेमिफाइनल समीकरण यसअघि नै तयार भइसकेको छ । रेडियन्टले नवज्योति विरुद्ध खेल्नेछ भने पुष्पसदनले ओडिसी इन्टरनेसनल एकेडेमी विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Comment