हाप्कीडो अध्यक्ष ः युवा जोश, परिपक्व सोच


नेपालमा थुप्रै खेल संघ रहे । भिन्न प्रकृत्तीका र भिन्न प्रायोजनका । नेतृत्वको स्वरुप पनि फरक, संघको प्रबृत्ती अनुसार । खासमा काम गरी खाने र कुरा गरी खाने दुइ थरीको नेतृत्व नेपालमा देखिए । आर्थीक बलको भरमा नेतृत्वमा पुग्ने र सानका लागि नेतृत्वमा रहनेको प्रभाव त यत्रतत्र देखियो । दृष्टिकोण, क्षमता र केही नयाँपनको चाहना भएकाहरु संघ नेतृत्वमा रहेका उदाहरण कमै देखिए । आर्थीक सम्पन्नता तथापी विचारमा जिर्ण, सोचाइमा संकीर्णता र उद्धेश्य हिनको जमातमा नेपाली खेलकुदले फरकपन , केही नयाँ गर्ने चाहना ,यसका साथ सृजनात्मक सोच र दृष्टिकोण सहितको नेतृत्व चाहीरहेको छ ।
यस बर्ष राष्ट्रिय खेलकुद परिषद्मा थुप्रै संघ दर्ता भए । यसका अबका बाटो कस्तो रहने प्रतिक्षाको विषय हो । यस क्रममा नेपाल मार्सल आर्ट्स हाप्कीडो संघ पनि दर्ता भयो । संघका अध्यक्ष काली बहादुर घर्तीमगर, ३३ बर्ष । यो संघको आगामी दिनको बाटो भबीश्यले नै बताउला । तर, एउटा कुरा सचो हो, संघका अध्यक्ष काली बहादुरले आम नेपाली नागरिकको प्रतिनिधीत्व गर्छन् । उमेर अनुसार केही गर्ने जागर छ । कलीलै उमेरमा जोखीमपूर्ण जिवन यापनको अनुभब छ । आशा गरौ, उनी झिना मसीना लोभ लालचमा फस्ने छैनन् । खेलकुदमा देखिने गरेका थुप्रै पैसावाल दरिद«रु भन्दा फरक खाले खेल नेतृत्वको रुपमा रहने छन् ।
संघको नामसंग जोडीएको छ, मार्सल आर्ट । आशा गरौ, उनी पनि केही भए पनि मानबीय सम्बेदना भएको र सामाजीक सचेतना सहितको जिवन यापन गर्ने छन् । प्युठानको मर्काबाङ्ग गावीस वडानम्बर दुइमा जन्मीएका उनको बाल्यकाल आम नेपालीले जसरी बीताउछन् त्यसै गरी वित्यो । यसकारण नेपाली खेलकुदमा उपश्थिती जनाएको भिडभन्दा उनको उपश्थिती फरक नै रहने छ । किनकी उनको सस्कार र हुर्काइ बजार हेरेर होइन समाज हेरेर भएको हो ।
२०५८ मा उनी पहिलो पटक काठमाडौ आएका हुन् । यसको ६ बर्ष अघि नै उनी करातेमा आबद्ध थिए । ०५५ मा दाङ्गको घोराहीमा बसाइ सरेका उनी दाङ्ग प्रबेश गर्दा करातेको ब्ल्याकबेल्ट भइसकेका थिए । धन बहादुर घर्ती मगर र गगन पुनसंग उनले कराते सिकेका थिए । काठमाडौ उपश्थिती पछि उनले मेन डोजो लगायत स्थानमा प्रशिक्षण गरे । नेपालको राजनितीक कारणले उनको गे्रडिङ्ग केही समय रोकीयो । ०६२ र ०६३ पछि उनले ग्रेडिङ्ग गर्ने काम गरे । करातेको राष्ट्रिय रेफ्रि सेमिनार पनि गर्न भ्याए । खेलाडी जिवनमा रहदा केही प्रतिष्ठा बोकेका प्रतियोगिताको अनुभब पनि गरे । हाल सितेरियोका तेश्रो डान काली बहादुरकै अध्यक्षतामा पाचँ महिना अघि हाप्कीडो संघ गठन भयो ।
दर्ता भएको केही महिना पछि नै राष्ट्रिय टेक्नीकल सेमिनार गर्न सफल हाप्कीडो परिवारका सामु ब्यस्त कार्यकालीका छ । दक्षिण एसियामा धेरै ख्याती नपाएको यो खेलको नेतृत्व आगामी दिनमा नेपालमा रहने छ । अपेक्षा गरिएको छ, यस खेलको दक्षिण एसियाली नेता पनि नेपाल नै हुने छ । नेपालका अध्यक्ष आफै प्राबीधीक रुपले दक्ष छन्। छैठौ डान्, हुन यस खेलका ।
९० भन्दा बढी देशमा विकसित यो खेल नेपालमा विस्तार गर्ने सवालमा संघको निती र योजना बीस्तारै बाहीर आउने छ । अन्य खेल झै अन्तराष्ट्रिय सहभागिता, प्रतियोगिताको आयोजना, जनशक्ति उत्पादन र प्रशिक्षण जस्ता आधारभुत विषय त संघको चासो भइ नै हाल्यो । यसका अलावा अन्तराष्ट्रिय क्षेत्रमा बलीयो उपश्थिती, नेपालको प्रभाव र सामाजीक रुपमा खेलकर्मीको सम्मानजनक जिवन यस खेल अधीकारीका थप चासो हुन् । संघ दर्ता भएको थोरै समयमा लामो योजना बुन्ने पक्षमा त अध्यक्ष छैनन् । तथापी उनी आशाबादी छन्,जब संसारमा हाप्कीडो खेलको विस्तारै हुदै जानेछ, नेपाल खुम्चने छैन, यो फैलाइमा आफूलाई अझ अग्रणी राख्दै नेपालको साख गर्वीलो बनाउने नेपालको घरेलु संघ सफल हुने छ ।

Comment