आयोजक कोटेश्वर च्याम्पियन


आयोजक कोटेश्वर तेक्वान्दो डोजाङ्गले उपत्यकाब्यापी जुनियर तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा कोटेश्वर १४ स्वर्ण, चार रजत र नौ काश्य पदकका साथ पहिलो भएको नेपाल तेक्वान्दो संघका सदस्य हिरा थापाले जानकारी दिए । चुनदेवी डोजाङ्ग ३ स्वर्ण, चार रजत तथा ६ काश्यका साथ दोश्रो तथा मुलपानी डोजाङ्ग दुइ स्वर्ण, तीन रजत तथा पाँच काश्यका साथ तेश्रो भयो । यसैगरी महिला तर्फ चुनदेवीकी समता जिरेल र पुरुष तर्फ कोटेश्वरका विवेक केसी उत्कृष्ट खेलाडी चुनीए । पुरुष ८० किलो तौल समुहका कोटेश्वरका बिश्वराज श्रेष्ठ पहिलो तथा सोही डोजाङ्गका भुपेन श्रेष्ठ दोश्रो भए । सल्लाघारीका अजय बकुन्छे, र मुलपानीका प्रकास यादवले काश्य पदक जिते । महिला ३० किलो तौल समुहमा कोटेश्वरकी सेजल राइ पहिलो तथा चुनदेवीकी दिक्षा घर्तीमगर दोश्रो भए । कोटेश्वरकी इसिका राना र श्रमिककी दिक्षा तामाङ्गले काश्य पदक जिते ।
पुरुष ३४ किलोमा श्रमिकका धिरन राइ,चुनेदेवीका सञ्जय थापा मगर,कोटेश्वरका विवके लामा र सोही टोलीका निरञ्जन बुढाथोकी स्वर्ण, रजत र काश्य पदक विजेता भए । २८ किलो तौल समुहमा मुलपानीका विवेक श्रेष्ठले स्वर्ण,दिलिप स्मृतीका अशोक कार्कीले रजत तथा स्युचाटारका प्रदिप मोक्तान र श्रमिकका सुरज बम्जनले काश्य पदक जिते । २२ किलोमा चुनदेवीका प्रीतन ठकुरी पहिलो र कोटेश्वरका आयुष तीवारी दोश्रो भए । मध्यपुरका विसाल तामाङ्ग र मुलपानीका मणी रिजालले काश्य पदक जिते ।
५५ किलोका कोटेश्वरकै विवेक केसी पहिलो तथा छेवाङ्ग तामाङ्ग दोश्रो भए । माउन्ट सेबका अमित शाही र सल्लाघारीका विवेश भट्टराइले काश्य पदक जिते । ४६ किलोमा कोटेश्वरकी मनिता पाण्डेले स्वर्ण र दिलिप स्मृतीकी अस्मिता तामाङ्गले रजत पदक जिते । बिशंखुकी सरिता सिलवाल र मैत्रीका कृस्टिना रानाले काश्य पदक जिते । ३९ किलो तौल समुहमा कोटेश्वरकी हिमानी थापा मगरले स्वर्ण, श्रमिककी पुजा तामाङ्गले रजत तथा सल्लाघारीकी बबीता राइ र स्युचाटारकी अनिसा बखुतीले काश्य पदक जिते । ४९ किलोमा कोटेश्वरकी सुस्मिता तामाङ्गले स्वर्ण,मैत्रीकी आकृती बुढाथोकीले रजत तथा सल्लाघारीकी दिक्षा राइ र मान्डुकी सृजा खरेलले काश्य पदक जिते ।
पुरुष ४८ किलोमा कोटेश्वरका दिनेस बहादुर साउदले स्वर्ण,चुनदेवीका सुसील राना मगरले रजत तथा कोटेश्वरका कुमार राइ र श्रमिकका प्रबिण मगरले काश्य पदक जिते ।
महिला ३३ किलोमा चुनदेवीकी समिता जिरेलले स्वर्ण,कोटेश्वरकी रिना तामाङ्गले रजत तथा सल्लाघारीकी सबिना श्रेष्ठ र बिशंखुकी मलिक्षा विष्टले काश्य पदक जिते । २५ किलो पुरुषमा कोटेश्वरका सुरेस तामाङ्गले स्वर्ण,चुनदेवीका विजय कार्कीले रजत तथा स्युचाटारका सुपर्व श्रेष्ठ र मैत्रीका प्रदिप खत्रीले काश्य पदक जिते । महिला ३६ किलो तौल समुहमा कोटेश्वरकी मिना तामाङ्गले स्वर्ण, मुलपानीकी अस्मिता नगरकोटीले रजत तथा मैत्रीका सरु तामाङ्गर लालीगुराँसका आशा गुप्ताले काश्य पदक जिते ।

Comment