किरण र सुनीलको जोडी विजयी

पशुपतिका किरण खड्का र सुनील अमात्यले सातौं बविन स्मृति ब्याडमिन्टन प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन् ।
किङ कम स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा उक्त जोडीले चन्द्र–सूर्य ब्याडमिन्टन क्लबका लक्ष्मण बिसी र भूवन श्रेष्ठको जोडीलाई २१–१६ र २१–१८ को सोझो सेटमा पराजित गरे ।अर्को खेलमा कम्प्लिट हेल्थ क्लबका केशव पौडेल र थम रानाको जोडीले नपाने युथ क्लबका अनोज शाही र पेम्बा शेर्पाको जोडीलाई २१–१४ र २१–८ को सीधा सेटमा हराए ।
डबल्सतर्फ मात्र प्रतिस्पर्धा हुने प्रतियोगितामा ३२ पुरुष जोडी सहभागी छन् । विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् ।

Comment