क्याम्ब्रिज सेमिफाइनलमा

आयोजक क्याम्ब्रिज पब्लिक स्कुल माफ अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । पुरानो बानेश्वरस्थित घरेलु कोर्टमा क्याम्ब्रिजले लाइसियमलाई २–० को सोझो सेटमा पराजित ग¥यो । त्यस्तै कन्स्टिलेसनलले गोल्डेनपिकलाई २–० तथा पिस प्वाइन्टले ग्लोबललाई २–० को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान पक्का गर्न सफल रहे । विट्स किड र ल्यान्डमार्कबीचको क्वाटरफाइनल हुन बाँकी छ ।
प्रतियोगिताको नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने नकआउट प्रतियोगितामा १४ टिम सहभागी छन् ।

Comment