हाइलीलाई उपाधि

हाइली क्रिएटिभ फेका कप जुनियर फुटबल प्रतियोगितामा आइतबार गल्र्सतर्फ च्याम्पियन बनेको छ । हाइलीले फाइनलमा कोटदेवीलाई १०–० को भारी गोलअन्तरले पराजित ग¥यो । हाइलीकी गरिमा राई उत्कृष्ट खेलाडी चुनिइन् ।ब्वाइजमा करियर बिल्डिङ पहिलो भयो । करियरले उपाधि भिडन्तमा हाइलीलाई ३–१ ले हराउदै दोहोरो उपाधि जित्नबाट हाइलीलाई रोक्यो । हाइलीका निर्मल बुढाथोकी उत्कृष्ट खेलाडी बने ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ १४ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज र गल्र्समा समान २०–२० गरी ४० टिम सहभागी थिए ।

Comment