काठमाण्डौं मोडेल र पेन्टागन पहिलो


हिसान खेलकुद सप्ताह अन्र्तगत आईतवार सम्पन्न फुटसल प्रतियोगीता अन्र्तगत छात्र तर्फको उपाधि काठमाण्डौं मोडेल उ.मा.विले जितेको छ भने छात्रा तर्फको उपाधि पेन्टागन कलेजले हात पारेको छ । खेलमा काठमाण्डौं मोडेल उ.मा.विले साईपाल एकेडेमिलाई ४—३ को गोल अन्तरले हराएर उपाधि हात पारेको हो । त्यस्तै छात्रा तर्फको खेलमा पेन्टागन कलेजले गोल्डेनगेन कलेजलाई ७—० गोल अन्तरले हराउदै उपाधि हात पारेको हो । १९ गतेबाट सुरु भएको खेलमा छात्र तर्फ २५ तथा छात्रा तर्फ ८ टिमको सहभागीता रहेको थियो ।
आईतवारै सम्पन्न कविता प्रतियोगितामा ग्लोवल कलेजकी मानुषि ढकाल प्रथम, साईपाल एकेडेमी दिपशिखा घिमिरे द्धितीय र टाईम्स कलेजकी ध्रुर्वा सहनी तृतिय भएकी छन् । त्यस्तै आईतवारै सम्पन्न बतृत्वकला प्रतियोगितामा हिमालय कलेजका रोषन रिमाल प्रथम, ऋत एकेडेमीकी दुर्गा जि.सि. द्धितीय र ग्लोवल कलेजकी प्राथना थापा तृतिय भएकी छन् । उनीहरुले देश निर्माण युवा बर्गको भुमिका विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।
यसै गरि आईतवार भएको बास्केटवलमा ग्लोवल कलेजले ऋत एकेडेमीकी ४६— २१, ग्रिनफिल्ड कलेजले मोडएन कलेजलाई ४३—२८, सि.सि.आर.सिले मोर्गन कलेजलाई ३७—२७ को सेटमा हराएका छन् । त्यस्तै गल्र्स तर्फको खेलमा जेभियर ई कलेजले हेराल्ड कलेजलाई २८—६ को सेटमा हाराएको छ । सोमवारदेखि प्रिक्वाटर फाईनलका खेलहरु संचालन हुनेछन् ।

Comment