न्युसमिटलाई अन्तरकलेज क्रिकेट उपाधि


न्युसमिट कलेजले केएमसी नेटवेर्क अन्तरकलेज क्रिकेटको उपाधि जितेको छ । भक्तपुरस्थीत शैनिक आवासिय महाविद्यालयमा भएको फाइनल खेलमा काठमाडौँ मोडल कलेजलाई १० विकेटले हराउदै न्युसमिटले उपाधि जितेको हो । आइतबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको केएमसीले निर्धारित १२ ओभरमा ८ विकेट गुमाउदै ७९ रनको लक्ष्य प्रस्तुत ग¥यो । उसका लागि सुनित सुवालले १८ रन र पारस रावलले १६ रनको योगदान दिए । अन्य कुनै पनि ब्याट्म्यानले खुलेर रन जोड्न सकेनन् ।
न्युसमिटका लागि बिनित भण्डारीले किफायती बलिङ गर्दै २ ओभरमा ६ रन मात्र खर्चेर दुई विकेट लिए । हरिस बडुले पनि समान ओभर बलिङ गर्दै १० खर्चेर २ विकेट हात पारे । जवाफी ब्याटिङमा उत्रेको न्युसमिटले ८.३ ओभरमै बिना विकेट ८० रन जोडेपछि सहज जित दर्ता ग¥यो । न्युसमिटको जितमा आतिसी ब्याटिङ गरेका तपेन्द्र विष्टले अर्धसतक पुरा गर्दै ५३ रन जोडे । उनले ३१ बलको समाना गर्दै ११ चौका प्रहार गरेका थिए । हरिष बडुले १८ बलमा तीन चौकाको मद्दतले २० रन जोडेपछि न्युसमिटले सहज जित हात पा¥यो । न्युसमिटले अतिरिक्त ७ रन पाएको थियो ।
फाइनलमा उत्कृष्ट ब्याटिङ गरेका तपेन्द्र म्यान अफ दि म्याच चुनिए । उनि प्रतियोगितामा म्यान अफ दि सिरिज समेत घोषित भए । प्रतियोगिताको विजेता खोलाडीलाई केएमसी नेटवर्कका डाइरेक्टर अजय प्रसाद ढकाल र न्युसमिटका,निर्देशक रमेश पन्थी, प्रिन्सिपल कुल बहादुर सुवेदी लगायतले पुरस्कृत गरे ।

Comment