ओडिसी सेमिफाइनलमा


ओडिसी इन्टरनेसनल एकेडेमी छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । ओडिसीले ज्ञान निकेतनलाई १९–९ ले पराजित ग¥यो । ओडिसीका लागि अनिश गन्दर्वले सर्वाधिक ९ अंक जोडे ।
सिनियर ब्वाइजमा पुष्प सदन र एचएचसीए क्वाटरफाइनलमा पुगे । समूह ‘ए’ को लिग खेलमा पुष्प सदनले आयोजक इनोभेटिभलाई ३५–२९ ले हराउदै विजेताका रुपमा क्वाटरफाइनल पुगेको हो । विजेताका चिरन्जिवी रोकायाले १९ अंक जोडे । इनोभेटिभ पनि उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । एचएचसीएले ग्रिनल्यान्डको चुनौती ३४–२१ ले समाप्त पा¥यो । एचएचसीएका राजकुमार राईले ११ अंक जोडे ।
सिनियर गल्र्समा रातो बंगला र स्किब्स क्वाटरफाइनलमा पुगे । रातो बंगलाले ज्ञान निकेतनलाई २४–७ ले पन्छायो । रातो बंगलाकी संस्कृति मास्केले १२ स्कोर गरिन् । सविना परियारको १२ अंक सहयोगमा स्किब्सले ग्रिनल्यान्डलाई २१–१७ ले हराउदै समूह ‘ए’ को उपविजेता बन्यो । यो समूहबाट यसअघि नै क्वाटरफाइनल पुगिसकेको इनोभेटिभले श्रीदिवामाथि २८–७ को सहज जित निकाल्दै समूह विजेता बन्यो । इनोभेटिभकी ममता गुरुङले १२ अंक जोडिन् ।
सिनियर गल्र्सको अर्को लिग खेलमा स्वप्न वाटिकाले रिब्सलाई १६–५ ले पराजित ग¥यो । विजेताकी सुजाता लामाले ६ अंक जोडिन् ।

Comment