दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगितामा नौ खेल सम्पन्न


पोखरा
पोखरा भ्याली स्पोर्टस् क्लब पोखरा–१०÷१५ रामबजारको आयोजना एवं इन्टेक ०६ ब्रिगेड अफ गोर्खाज, बेलायतको मुख्य प्रायोजनमा माछापोखरी खेलमैदान संगमटोलमा जारी दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत बुधबार नौ खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा एलजी एकता एफसीले स्वस्तिक नेपाललाई १–० ले हरायो। एलजी एकताको लागि सन्तोष गुरुङले निर्णायक गोल गरे।
दोस्रो खेलमा संगम एफसी ए ले विटी गाइजलाई २–१ ले पराजित ग¥यो। संगमको लागि अनन्त देवकोटा र कुमार गुरुङले एक–एक गोल गरे भने विटीको तर्फबाट मात्र एक गोल दीपक तामाङले गरेका थिए।तेस्रो खेलमा रिलिजन एफसीले एसएन ब्रदर्सलाई टाइब्रेकरमा ५–४ ले पाखा लगायो। निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।निर्धारित समयमा रिलिजनको लागि विष्णु गुरुङ र सुरज हमाल तथा एसएन ब्रदर्सको लागि बेलप्रसाद गुरुङ र एक गोल रिलिजनका कृष्ण कुँवरले आत्मघाती गरेका थिए।
चौथो खेलमा नयाँगल्ली एफसीले डीपी युनाइटेडलाई २–१ ले पन्छायो। नयाँगल्लीको लागि दुवै गोल सुरज दवाडीले गरेका थिए भने डीपी युनाइटेडको लागि विष्णु नेपालीले सान्त्वना गोल फर्काएका थिए।पाँचौं खेलमा काजीपोखरी युथ क्लब (एलजी एशोसिसएसन ए) ले गनर्स एफसीलाई ३–० ले पराजित ग¥यो। काजीपोखरीको लागि विनोद गुरुङले प्रतियोगितामै पहिलो ह्याट्रिक गरे।
छैटौं खेलमा एयरपोर्ट एफसीले अमन मेमोरियलको चुनौती ४–० ले पन्छायो।एयरपोर्टको लागि युवराज गुरुङ र सिंख तामाङले दुई–दुई गोल गरेका थिए। सातौं खेलमा आयोजक पोखरा भ्याली स्पोर्टस् क्लब बी ले बेगनास युथ क्लबलाई ३–० ले पराजित ग¥यो। पोखरा भ्यालीको लागि राजु गुरुङ, प्रताप सैंजू र विवेक गुरुङले एक–एक गोल गरेका थिए।
हेमन्त थापामगरको एकमात्र निर्णायक गोलको मद्दतले आठौं खेलमा लेकसाइड एफसीले मुस्लिम एफसीलाई पराजित ग¥यो।नवौं खेलमा नयाँगाउँ युथ क्लबले रञ्जन मेमोरियललाई २–० ले पाखा लगायो। नयाँगाउँको लागि सुनिल श्रेष्ठ र प्रदीप बानियाँले एक–एक गोल गरेका थिए। बिहीबार आठ खेल हुने क्लबका सदस्य विकास गुरुङले जानकारी दिए।
पुस १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा युकेको तीन टीमसहित २९ टीमको सहभागिता रहेको छ।
प्रतियोगितामा विजेता टीमलाई नगद ८० हजार तथा उपविजेता टीमलाई नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै बेस्ट प्लयेर, हाइस्कोरर र फेयर प्ले टीमलाई जनही पाँच हजार तथा ट्रफी प्रदान गरिने क्लबका उपाध्यक्ष एवं खेल संयोजक नरेन्द्र (राजु) गुरुङले जानकारी दिए।
छ लाख ५० हजार खर्च हुने तथा आठ लाख आम्दानी हुने अनुमान गरिएको प्रतियोगिताबाट बचत भएको रकमको ५० प्रतिशत अमन गुरुङ अक्षयकोषमा जम्मा गर्ने तथा ५० प्रतिशत रकम क्लब सञ्चालनमा खर्च गरिने छ।

Comment