एक्सेल्सियरद्वारा उपाधि रक्षा


द एक्सेल्सियर स्कुलले चौथो विद्या संस्कार अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।विद्या संस्कार खेलकुद विभागद्वारा आयोजित प्रतियोगिताको फाइनलमा डिफेन्डिङ च्याम्पियन एक्सेल्सियरले होली गार्डेनलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा ग¥यो । एक्सेल्सियरको जितमा सन्तोष न्यौपानेले २ तथा विश्वास लामाले १ गोल योगदान गरे । उपाधिसंगै एक्सेल्सियरले २० हजार नगद पुरस्कार प्राप्त ग¥यो भने होली गार्डेनले १० हजार नगद पुरस्कारमा चित्त बुझायो ।
एक्सेल्सियरका सन्तोष सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । उनले प्रतियोगिताभर ८ गोल गरे । बानेश्वर फुटसलमा भएको प्रतियोगितामा होली गार्डेनका प्रेम उदास उत्कृष्ट खेलाडी तथा प्रिमियरका चन्द्रबहादुर राई उत्कृष्ट गोलरक्षक चुनिए । साम्बोट्टाले ‘फेयर प्ले’ को उपाधि हात पा¥यो ।विजेतालाई विद्या संस्कारका शैक्षिक एवं प्रशासनीक प्रमुख प्रणय लामा र आयोजक खेलकुद विभागका प्रमुख राजन न्यौपानेले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment