निम्सलाई दोहोरो उपाधि


आयोजक निम्सले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । निम्स सिनियर ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो ।टोखास्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा निम्सले द स्काइलार्क स्कुललाई ५५–५१ ले पराजित ग¥यो । निम्सको जितमा नम सुनारले १५ अंक योगदान गरे ।
तेश्रो क्वाटरको समाप्तिसम्म निम्स ३१–३४ ले पछि थियो । चौथो तथा अन्तिम क्वाटरमा १४–७ को अग्रता बनाउदै निम्सले उपाधि सुनिश्चित गरेको थियो । पहिलो क्वाटरमा १४–१७ ले पछि परेको निम्स दोश्रोमा १८–९ ले अगाडि रह्यो । तेश्रो क्वाटरमा पनि निम्स ९–१८ ले पछि परेको प¥यो ।गल्र्सको उपाधि भिडन्तमा निम्सले द चाँदबाग स्कुललाई ३२–२४ ले हरायो । निम्सकी मुना बस्नेतले १२ अंक जोडिन् ।
पहिलो क्वाटरमा दुवै टिमले १०–१० को बराबरी खेले । दोश्रोमा निम्सले ९–२ को अग्रता हासिल ग¥यो भने तेश्रोमा ६–१० ले पछि प¥यो । चौथो क्वाटरमा निम्स ७–२ ले अगाडि रहँदै उपाधि हात पार्न सफल भयो ।
ब्वाइजमा सञ्जय नेपाली तथा गल्र्समा मुना बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै उपाधि विजेता निम्सका हुन् ।
विजेतालाई निम्सकी प्रमुख कार्यकारी अधिकृत निकोल ठकुरी, बास्केटबल प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मी र निम्सका प्रिन्सिपल ज्ञानेन्द्र कार्कीले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १२–१२ टिम गरी जम्मा २४ टिम सहभागी थिए ।

Comment