नेपाल श्रीलंकासँग पराजित


नेपाल दोस्रो दृष्टिबिहिन २० ट्वान्टी बिश्व कप क्रिकेट प्रतियोगिताअन्तर्गत आईतबार भएको खेलमा पनि पराजित भएको छ । नेपाल आफ्नो छैटौ खेलमा श्रीलंकासँग एक सय ३१ रनले पराजित हुन पुग्यो । प्रतियोगितामा नेपालको यो पाँचौ हार हो । नेपाल यस अघि अष्टे«लिया, बंगलादेश, पाकिस्तान र वेस्ट इन्डिजसँग पराजित भईसकेको छ । नेपालले दक्षिण अफ्रिकासँग भने जित हात पारेको थियो ।
पुने स्थित एमवाईसी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारीत २० ओभरमा मात्र दुई विकेट गुमाउदै दुई सय ७४ रनको योगफल जोडेको थियो । प्रत्युत्तरमा नेपालले २० ओभर पुरै खेल्दै पाँच विकेटको क्षतिमा एक सय ४३ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि सुरुवाती ब्याट्सम्यान सुनिल थापा मगरले ३० बलमा ३८ रनको योगदान दिए । उनले चार चौका प्रहार गरे । यस्तै कप्तान किर्तन श्रेष्ठ दुवालले ४७ बलमा ३७ रन तथा पदम बहादुर बडैलाले १८ बलमा २३ रनको योगदान दिए । किर्तनले दुई तथा पदमले तीन चौका प्रहार गरेका थिए ।त्यस बाहेक अब्दुल जाहिर फकीर १० रन, लोकबहादुर थापा आठ रन तथा सुनिल राना मगर एक रनमा रन आउट हुन पुगे ।
श्रीलंकाका लागि सुरुवाती ब्याट्सम्यान सुरङगा सम्पथले ४८ बलमै एक सय ११ रनको सतकीय योगदान गरे । एक छक्का तथा १९ चौका प्रहार गरेका उनी रीटायर्ड हर्ट भएका थिए । उनी बाहेक अर्का सुरुवाती ब्याट्सम्यान रुवान वासन्थाले ४१ बलमा ७६ रनको जोडे । उनले पनि आठ चौका प्रहार गरेका थिए ।

कभिदु थोमाले १२ अबिजित ३२ रन जोड्दा रुवान थिलकाले १८ बलमा ३३ रन प्रहार गरे । नेपालले श्रीलंकालाई २१ अतिरीक्त रन उपहार दिएको थियो भने २६ रन उपहार पाएको थियो । नेपाली टोलीका प्रशिक्षक रीजन प्रजुले नेपाली खेलाडीले श्रीलंकाविरुद्ध पनि फिल्डिङमा कमजोर प्रदर्शन गर्दा भारी रनको योगफल बेहोर्नुपरेको बताए । ‘श्रीलंका हामी भन्दा निक्कै उत्कृष्ट टोली हो । उनिहरुलाई पराजित गर्न मुस्किल थियो’, प्रशिक्षक प्रजुले भने, ‘तर, खेलाडीले फिल्डिङमा निक्कै कमजोर प्रदर्शन गरे । हातमा आएको बललाई रोक्न नसक्दा हामीले श्रीलंकालाई ५०–६० रन बढि दियौं । त्यसैले उनिहरुविरुद्ध भारी अन्तरको योगफलसँगै पराजयको अन्तर पनि ठूलो अन्तरको बेहोर्नु प¥यो ।

बलिङ नेपालले श्रीलंकाका दुबै खेलाडीलाई रन आउट गराएका थिए । नेपालका सुनिल थापा मगर र रमेश बहादुर बानिँयाले श्रीलंकाका एकएक खेलाडीलाई आउट गराएका थिए । नेपालको सोमबार कुनै खेल छैन ।

Comment