एपिएफ र पुलिसको विजयी सुरुवात


सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबले सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ मा महिला तर्फ विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको दोश्रो दिन भएको प्रतियोतिामा सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाल आर्मीलाई २५–९, २५–१७ र २५–१८ को सोझो सेटमा पराजित गर्दै जितलाई आत्मसाथ ग¥यो । अर्को खेलमा नेपाल पुलिस क्लबले भारतको उत्तर प्रदेश भलिबल संघलाई २५–७, २५–२० र २५–१६ अंकका साथ सहजै ३–०को सोझो सेटमा पराजित गर्न सफल भएको छ । नेपाल पुलिसले पनि आफ्नो खातामा तीन अंक जोड्न सफल भयो । यस अघि पूर्व मन्त्री किरण गुरुङ्गले रेफ्रि विकास गुरुङ्गलाई बल हस्तान्तरण गर्दै खेलको सुरुवात गरेका थिए ।
करिब ३५ लाख लागतको प्रतियोगितामा नेपालका पाँच र भारतको एक गरि महिला तर्फ ६ टिमको सहभागिता रहेको छ । सोमबारको पहिलो खेल महिला तर्फ पश्चिमाञ्चल र एपिएफ विच तथा दोश्रो खेलनेपाल पुलिस र न्यू डायमन्ड एकेडेमी विचे हुनेछ । यसैगरी, पुरुष तर्फको खेल हेल्प नेपाल स्पोर्टस् क्लब र एपिएफ विच तथा दोश्रो खेल नेपाल पुलिस र पश्चिमाञ्चलविच हुने छ ।

Comment