बविन स्मृति ब्याडमिन्टन सुरु

किङ कम स्पोर्ट्स क्लबको आयोजनामा सातौं बविन स्मृति ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि पुरानो बानेश्वरस्थित भीमसेनगोलमा सुरु भएको छ ।डबल्सतर्फ मात्र प्रतिस्पर्धा हुने प्रतियोगितामा ३२ पुरुष जोडीको सहभागिता रहेको आयोजकले जनाएको छ । विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् । तेश्रो स्थानका लागि पनि प्रतिस्पर्धा हुनेछ । कम्प्लिट हेल्थ क्लबका नीरविक्रम देवकोटा र दिलेन्द्र पुन डिफेन्डिङ च्याम्पियन हुन् ।
पहिलो दिन उद्घाटन कार्यक्रम भयो । प्रतियोगिताको नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे ।

Comment