चाँदनीलाई स्वर्ण


बालवाटिकाकी सन्तोषी लामाले पाँचौं ल्होसार कप खुला कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् । बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा जोरपाटीस्थित कुतुम्भ कलेजमा भएको महिला ३० केजी तौलसमूहको फाइनलमा सन्तोषीले उत्तर बाहिनीकी सुनीता राईलाई पराजित गरिन् ।
महिला २० केजीमा आनन्दनगर डोजोकी चाँदनी राई, महिला २५ केजीमा सरस्वतीकी सुस्मिता वाइबा, पुरुष २० केजीमा भक्तपुरका सुवास परियार तथा पुरुष २५ केजी आनन्दनगरका अनुपम एैरेले स्वर्ण जिते ।

Comment