इनोभेटिभ ‘ए’ क्वाटरफाइनलमा


आयोजक इनोभेटिभ ‘ए’ छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । इनोभेटिभ ‘ए’ ले स्किब्सलाई ३३–१५ ले सहजै पराजित ग¥यो । इनोभेटिभकी ममता गुरुङले २१ अंक जोडिन् ।
सोही स्पर्धाको अन्य खेलमा रातो बंगलाले रिब्सलाई २६–१०, ज्ञानोदयले इनोभेटिभ ‘बी’ लाई २३–७ तथा एचएचसीएले भ्याली पब्लिक, ललितपुरलाई २३–९ ले हराए । रातो बंगलाकी संस्कृति मास्केले १४, ज्ञानोदयकी सोनिया गुरुङले ८ तथा एचएचसीएकी सन्जु राईले ६ अंक जोडे ।
सिनियर ब्वाइजमा पुष्पसदनले रेडिअन्टलाई ३२–२३, बाबाले ग्रिनल्यान्डलाई ३८–३३ तथा ज्ञानोदयले न्यु समिटलाई ४५–३२ ले पन्छाए । पुष्पसदनका चिरन्जिवी रोकायाले १३, बाबाका बुद्धवीर रोकाले १४ तथा ज्ञानोदयका राहुलविक्रम शाहले १६ अंक जोडे ।
जुनियर ब्वाइजमा पुष्पसदनले नवज्योतिको चुनौती १८–१३ ले समाप्त पार्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । पुष्पसदनको जितमा रोजिन महर्जनले ९ अंक योगदान गरे । ओडिसीले एआईएलाई १८–१० ले निराश पा¥यो । ओडिसीका अनिशले १० स्कोर गरे ।

Comment