नेपाल आईटीएफ जुनियर टेनिस सोमबारदेखि

 

अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १÷२ प्रतियोगिता सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु हुँदैछ ।सर्किट १ फेब्रुअरी ६ देखि १० तारिखसम्म सञ्चालन हुनेछ । त्यसमा ३२ खेलाडीको सहभागिता रहने अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले जनाएक छन् । सर्किट १ का लागि २२ खेलाडी मुख्य ‘ड्र’ मा प्रवेश गरिसकेका छन् । १० खेलाडी शनिबार र आइतबार हुने क्वालिफाइङ राउन्डबाट प्रवेश गर्ने छन् ।
त्यस्तै सर्किट २ फेब्रुअरी १३ देखि १७ तारिखसम्म सातदोबाटोमै सञ्चालन हुनेछ । सर्किट २ मा पनि ३२ खेलाडीले नै प्रतिस्पर्धा गर्नेछन् । २२ खेलाडी मुख्य ‘ड्र’ का लागि छनोट भइसकेका छन् भने १० खेलाडीको चयन फेब्रुअरी ११ र १२ तारिखमा हुने क्वालिफाइङ राउन्डबाट छनोट हुनेछन् ।
प्रतियोगितामा ब्वाइज÷गल्र्स सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, हङकङ, अमेरिका, नेदरल्यान्ड र युकेका खेलाडीको सहभागिता रहने आयोजक लनटेनिस संघका सदस्य समेत रहेका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी गराए ।
प्रतियोगिता सञ्चालन गर्न आईटीएफ निर्णायक भारतका प्रवीणकुमार नायक नेपाल आइसकेका छन् । उनलाई नेपालका लेभल २ प्रशिक्षक कृष्णराज घलेले सहयोग गर्नेछन् । प्रतियोगिताको खेल अवधि र खेलाडीको सुरक्षाका लागि आयोजकले नेपाल प्रहरीसंग समन्वय गरेको आयोजकले जनाएको छ ।
नेपाली टेनिसको इतिहासमा नेपालमा अन्तर्राष्ट्रियस्तरको टेनिस प्रतियोगिता हुन लागेको यो दोश्रोपटक हो । यसअघि गत वर्षको सेप्टेम्बरमा लनटेनिस संघले आईटीएफ÷एटीएफ जुनियर यु–१४ सर्किट १÷२ सफलतापूर्वक आयोजना गरेको थियो । करिब ३ वर्षअघि सातदोबाटोमा दुई नयाँ कोर्ट निर्माण सम्पन्न गरी कोर्ट संख्या ६ पु¥याएपछि नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने बाटो खुलेको हो । त्यसअघि सातदोबाटोमा चार कोर्ट मात्र थियो । अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न एकै परिसरमा कम्तिमा ६ कोर्ट हुनु अनिवार्य छ ।

Comment