जापान गोजुरियो केन्वाकाइमा कुँवर निर्विरोध


जापान गोजुरियो कराते–डो केन्वाकाइ नेपाल संघको दोश्रो साधारणसभा तथा निर्वाचनले विदुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।उपाध्यक्षमा विशनसिंह खड्का, विकास नगरकोटी र रवि राना, महासचिवमा राकेश श्रेष्ठ, सचिवमा सुमन तिमल्सिना तथा कोषाध्यक्षमा रमेश अधिकारी रहेका छन् । सञ्जय रन्जित, हस्ना खड्गी, टीना शर्मा, प्रयागराज रोकाया, रमेश अधिकारी, सन्दिप थापा, प्रकाश गुरुङ र राजेशबहादुर श्रेष्ठ सदस्यमा चयन भए ।

Comment