रेजिनालाई स्वर्ण


दीलिप स्मृति तेक्वान्दो डोजाङकी रेजुना ठकुरीले कोटेश्वर तेक्वान्दो डोजाङ उपत्यकाव्यापी जुनियर तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेकी छन् । महिला ५२ केजीमुनि फाइनलमा रेजुनाले श्रमिककी विविका मगरलाई फाइनलमा पराजित गरिन् ।
कोटेश्वर तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिताको पुरुष ५९ केजीमुनि माउन्ट सेब स्कुलका कमल लामाले मान्डो डोजाङका सुशील बुढाथोकी तथा ५१ केजीमुनि आयोजकका कविन पाठकले माउन्ट सेबका छेसाङ तामाङलाई हराउदै पहिलो स्थान हात पारे ।
पुरुष पुम्सेको १८ वर्षमुनि मुलपानीका पुष्पप्रसाद गौतम, १२ वर्षमुनि कोटेश्वर ‘ए’ का विवेक लामा तथा महिला १४ वर्षमुनि स्युचाटारकी मोनिका रम्तेलले स्वर्ण हात पारे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा विभिन्न २९ स्पर्धामा ४ सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।( बाँकी विवरण पछि)

Comment