नामी कपमा एचएचसीएको दबदबा

napi final 2
हिमालयन हेल्पलेस चाइल्ड एकेडेमी (एचएचसीए) प्रथम नामी कप अन्तरविद्याल बास्केटबल प्रतियोगितामा बुधबार च्याम्पियन बनेको छ । सिनियर ब्वाइज र गल्र्स दुवैको उपाधि एचएचसीएले जित्यो । ‘मोस्ट भेलुएबल प्लेयर’ को दुवै उपाधि पनि एचएचसीएले नै हात पा¥यो ।
जोरपाटीस्थित नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट (नामी) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा एचएचसीएले विल्सन एकेडेमीलाई ४०–३१ ले पराजित ग¥यो । एचएचसीएको जितमा विशाल राईले १८ अंक योगदान गरे ।
गल्र्सको फाइनलमा एचएचसीएले उपाधिको दाबेदार भ्याली पब्लिकलाई १९–१८ को साँघुरो अन्तरले हरायो । एचएचसीएकी सुशीला तामाङले ९ अंक जोडिन् । ग्यालेक्सी पब्लिक स्कुलको ब्वाइज र गल्र्स दुवै टोली तेश्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । ग्यालेक्सीको ब्वाइजले टेरेसा एकेडेमीलाई ४१–३१ तथा गल्र्सले ज्ञाननिकेतनलाई १४–९ ले पाखा लगाएका थिए ।
दुवै विधाका पहिलो हुने टिमले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजारका दरले नगद पुरस्कार हात पारे । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय विशाल र सुशीला ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । एचएचसीएका दुवैले २–२ वटा एभरेष्ट रेन्जको माउन्टेन फ्लाइटको टिकट पुरस्कार स्वरुप प्राप्त गरे ।
विजेतालाई शिक्षा मन्त्री चित्रलेखा यादव, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा, नामीकी अध्यक्ष आर्जु राणा देउवा, सभासद्द्वय चक्रबहादुर ठकुरी र दीपकप्रसाद कुइकेल, नामीका बोर्ड डाइरेक्टर सनतकुमार बस्नेतलगायतले पुरस्कार प्रदान गरेका थिए ।
दसदिने प्रतियोगिताको ब्वाइजमा १२ र गल्र्समा ९ गरी २१ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । समापनका अवसरमा नामीका प्रमुख कार्यकारी अधिकृत योगराज कँडेल शर्माले प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै धन्यवाद दिए ।

Comment