समाबेशी चेलीको सफलताको कथा

संसारका सातै महादेशका सर्बोच्च शिखरमा पायला टेक्ने लक्ष्य लिएको नेपाली समाबेशी आरोही टोलीले लक्ष्य पुरा गरेको छ । समुहकी पुजन आचार्यले फेसबुक मार्फत दिएको जानकारी अनुसार अन्टार्टीकाको सर्बोच्च शिखर आरोहरण गर्दै उनीहरुले लक्ष्य पुरा गरेका छन् । तीनै बहादुरीको कथाको पुनराबृत्ती , जुन सौर्य दैनिक र खेलकुद न्युज डटकममा यस अघि पनि प्रकासित थियो ।
seven summiter1seven summiter 2१९५३ को मे २९ । सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सर्वोच्च शिखर सगरमाथाको पहिलोचोटि आरोहण गरे । मानव सभ्यतालाई एउटा नवीन सफलताको स्वाद चखाए, नयाँ युगमा प्रवेश गराए । त्यसअघि यो संसारको सबैभन्दा माथिल्लो उचाइमा मानिसले पाइला टेक्न सकेका थिएनन् । यसपछिका ६ दशकमा अब त सगरमाथा आरोहण्ँ सामान्यजस्तै हुन थालेको छ । गाउ“को कुनै दूर कन्दराको मान्छे काठमाडौं सहर घुम्न गएजस्तो । सगरमाथाको टुप्पोमा पुग्नुभित्रका भयंकर पाटाहरु अब पहिलेजति त्रासद छैनन् । सगरमाथा पुग्नुभन्दा पनि आरोहीका व्यक्तित्व, शैली र समय चर्चाका विषय बन्न थालेका छन् ।

कुनै दिन जुनको तावेइ सगरमाथा शिखरमा पुग्दा संसारभरका महिलाले गर्व गरेका थिए । ‘हामी पुरुषभन्दा के कम रु ’ । तर, अहिले महिलाले सगरमाथा आरोहण गरेका किस्सा पनि सामान्य बन्न थालिसके । सगरमाथा चुचुरो छुने सैयौं नारी अनुहारमध्ये सात नेपाली चेलीको कथा भने अलि फरक छ । यो समूहका लागि सगरमाथामा पाइला टेक्नु साहसिक लक्ष्यप्राप्तिको अन्तिम विन्दु नभएर, सुरुआत मात्र थियो । कारण– उनीहरुले सुरुआत नै सगरमाथाबाट गरेका थिए ।
२०६४ को अन्त्यतिर संविधानसभाको निर्वाचन हुँदै थियो । जताततै चर्चामा थियो, ‘समानुपातिक’ शब्द । निर्वाचनका मुख्य मुद्दा र नारामध्ये एउटा यही थियो । सो समयमा ‘समानुपातिक’ विषय उठाएर निर्वाचनमा गएका राजनीतिक दलहरु व्यावहारका हिसाबले आधा दशकपछि पनि जहाँ “को तहीं “ छन् । तर, यी चेलीको कथा उनीहरु भन्दा नितान्त भिन्न छ ।
‘समानुपातिक’ को नारासगै निकै चर्चामा आए यी दश महिला पनि । ‘समानुपातिक महिला आरोही’ का नामबाट चिनिएको त्यो समूह अहिले अलिकति चोइटिएको छ । १० बाट सातमा झरेको छ । तर, यी चेलीहµको साहसिक जीवनयात्रा थुप्रैका लागि प्रेरणाका स्रोत भने बनेको छ । उनीहरुले तय गरेको सफलतायात्राको सबैभन्दा उल्लेखनीय पाटो भनेको उनीहरुको एकताको बलियो गाठो नै हो । एकताकै बलमा त्यसपछि पनि उनीहरु अन्य सबै लक्ष्यप्राप्तिमा अघि बढ्दैे छन् । ‘स्वाभाविक रुपमा कहिले खटपट हुन्छ । तर, हामी यो कुरा बाहिर नल्याईकन तत्कालै समाधान निकाल्छौ“,’ अस्वाभाविक एकताको रहस्य खोल्दै पूजन आचार्य भन्छिन् । पूजनसहित माया गुरुङ, शैली बस्नेत, चुनु श्रेष्ठ, निमडोमा शेर्पा र पेमा छिमी शेर्पाको सातसदस्यीय समूह अहिले सात महादेशका सातवटै उच्च शिखरमा पुग्ने अभियानमा छ । जसका लागि उनीहµ उत्तर अमेरिका, दक्षिण अमेरिका र अन्टार्क्टिका यात्राको तयारीमा व्यस्त छन् । यसअघि उनीहµले अस्ट्रेलियाको कोजी अस्कोज, रुसको एल्ब्रुज र दक्षिण अङ्खरिकी हिमाल माउन्ट किलिमान्जारोको आरोहण्ँ गरिसके ।
उनीहरुको यात्राका केही विशेषता पनि छन् । उनीहरु यात्रा मात्र गर्दैनन्, यात्रापछि केही सामाजिक कार्यमा पनि आफूलाई व्यस्त राख्छन् । किलिमान्जारो आरोहण्ँपछि दक्षिण अङ्खरिकाकै थुप्रै स्कुलको भ्रमण्ँ गरेका थिए । किलमान्जारो ५८९५ मिटर उचाइको छ तर, ‘फेलरेट’ सगरमाथाको भन्दा पनि बढी । तर, उनीहरु डराएनन् । आरोहण्ँमा तान्जानियाको विश्वखाद्य संगठनस“ग पनि उनीहµको सहकार्य बन्यो । आरोहण्ँको प्रमुख पाटोका रुपमा दक्षिण अङ्खरिकाकी एक चचिर्त नायिका उनीहरुका साथ थिइन् ।
यसै दौरान उनीहरु दक्षिण अङ्खरिकी खाद्य संगठनको सद्भावनादूत पनि भए । सेभेन समिट अभियान संसारका ३ सयदेखि ३ सय ५० को हाराहारीमा पूरा गरे, जसमा ५० जना महिला छन् । उनीहµ अहिले यसै अभियानमार्फत पहिलो नेपाली हुने तरखरमा छन् । यो ६ वर्È लामो यात्राको सार समात्दै उनीहरु एउटै कुरा पुष्टि गर्न चाहन्छन्– ‘आङ्खनै मेहनतले समाजमा धेरै कुरा गर्न सकिन्छ ।’ यसबीच उनीहरु एभरेस्ट ओमन ट्रेक्स एन्ड एक्सपिडिसन गठन गरेर अघि बढिरहेछन् ।
यो अवधिमा उनीहरुले जे गरे सबै आङ्खनै मेहनतले गरे । मुख्य कुरा त समावेशीका नाममा उनीहरुको अभियान सुरु ह“ुदा देशमा चलिरहेको संविधानसभामा यही नै सबैभन्दा ठूलो मुद्दा थियो । तर, त्यसपछि देशको राजनीतिमा यो मुद्दा अलपत्र छ । तर, ६ फरक जातिका सात नारीव्यक्तित्वसहितको यो समूहले धेरै लामो यात्रा पार गरिसक्यो । सायद नेपाली राजनीतिकर्मीका लागि यो ठूलै पाठ हो ।
उमेरमा विविधता छ । ३३ वर्षिया माया गुरुङ सबैभन्दा जेठी । पूजन पनि पाकैमा पार्छिन, २८ वर्षकी । २३ वर्षकी निमडोमा । शैली, चुनु, पेमाडिकी र आशाकुमारी पनि यसैबीचको उमेरका । उमेरको विविधता त छदै छ, यस क्षेत्रमा आउनुअघिको पृष्ठभूमि पनि सबैको फरक । सञ्चारकर्मीदेखि बलिङ प्रशिक्षकसम्म । तर, यो कुनै पनि भिन्नताले उनीहरु लाई प्रभाव पारेन । समूहकी प्रभावकारी सदस्य पूजन अµभन्दा अलि प्रस्ट छिन्, नेतृत्वमता भएकी । त्यस कारण भिन्न अभियानमा पनि संलग्न छनि । स्की संघमा रहेकी उनी पर्यटकीय खेलकुदको गतविधिमा पनि आबद्ध छिन् ।
पारिवारिक पृष्ठभूमि फरक । बाबु गोविन्द उपाध्याय सामान्य जागिरे । त्यति साह्रो पहुचवाला परिवार पनि होइन । ६ वर्षअघिसम्म चरिकोटमै जागिरे जिन्दगी बिताएकी उनी एकाएक सेलेब्रिटी बन्दै छिन् । व्यस्त र फरक खालकी महिला । स्की प्रशिक्षक, स्काइ डाइभर, अनि सगरमाथा आरोही । यतिले मात्रै चित्त बुझेको छैन उनको । सेभेन समिटको यो अभियानलाई सार्थक बनाएरै छोड्ने ध्याउन्नमा छिन् । त्यसपछि पनि अझै पृथक् काम गर्ने सोचले अघि बढिरहेका उनका पाइलाको हरेक गति तीव्र छन् । त्यसै गतिका कारण्ँ दोलखाको विकट पहाडी गाउ“ गौरीशंकरकी यी युवतीले ६ वर्षमै लामो यात्रा तय गरिन्, सहृदयी समानुपातिक समूहका साथ ।

Comment