नङ्गसलाको उपाधि भिडन्त शिक्षासंग

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा यही माघ १६ गतेबाट संचालित ‘तेह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७३’ अन्तर्गत बुधबार विभिन्न इभेन्ट्सका फाइनल खेलहरु सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको ब्याडमिन्टन कोर्टमा सम्पन्न १७ वर्षमुनि पुरुष एकलतर्फको इभेन्ट्समा त्रिभुवन आर्मी क्लवका प्रफुल्ल महर्जनले नेपाल एपीएफ क्लवका प्रिन्स दाहाललाई १२–२१, २५–२३ र २१–१७ ले पराजित गरि विजयी भएका छन् ।
यसैगरी ३५ वर्षमाथि मास्टर्स पुरुष युगलतर्फको इभेन्ट्समा नेपाल पुलिस क्लवका गणेश चन्द र कृष्ण सिवाकोटीको जोडीले नेपाल एपीएफ क्लवका नारायणदत्त पौडेल र राजु गौतमको जोडीलाई २१–१८, २१–१८ ले पराजित गरि विजयी भएका छन् ।
मिश्रित युगलतर्फको खेलमा त्रिभुवन आर्मी क्लवका नङ्गशलादेवी तामाङ्ग र रत्नजीत तामाङ्गको जोडीले नेपाल एपीएफ क्लवका इन्द्रबहादुर महता र पुजा श्रेष्ठको जोडीलाई २१–१६, २१–१३ ले पराजित गरि विजयी भएका छन् ।
यसैगरी ४५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको इभेन्ट्समा अन्नपुर्ण व्याडमिन्टन क्लवका श्याम पराजुली र नविनवाबु श्रेष्ठको जोडीले त्रिभुवन आर्मी क्लवका सुभास श्रेष्ठ र भूमिबहादुर गुरुङ्गको जोडीलाई २१–१६, २१–१५ ले पराजित गरि विजयी भएका छन् ।
पुरुष एकलतर्फको इभेन्ट्समा त्रिभुवन आर्मी क्लवका रत्नजित तामाङले नेपाल एपीएफ क्लवका प्रिन्स दाहाललाई २१–१०, २१–१४ र त्रिभुवन आर्मी क्लवकै नविन श्रेष्ठले नेपाल पुलिस क्लवका गौतम कठायतलाई २१–१३, २१–१४ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
महिला एकलतर्फको इभेन्ट्सको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लवकी नङ्गसलादेवी तामाङले सोहि क्लवकै अनुमाया राईलाई २१–१३, २१–१० ले र नेपाल एपीएफ क्लवकी शिक्षा श्रेष्ठले त्रिभुवन आर्मी क्लवकी मेघा चन्दलाई २१–६, २१–१८ ले पराजित गरि फाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी पुरुष युगलतर्फको इभेन्ट्समा त्रिभुवन आर्मी क्लवका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले सोहि क्लवका सुरज महर्जन र राम राईको जोडीलाई २१–१६, २१–२३ ले तथा नेपाल एपीएफ क्लवका विजित थापामगर र विशाल प्रधानको जोडीले एपीएफकै सुमन लिम्बु र सुदिप सेढाईको जाडीलाई २२–२०, १४–२१ र २१–८ ले पराजित गरि फाइनलनमा प्रवेश गरेका छन् ।

Comment