कैलाशको सन्याष

kailash bhatta
पुरुष राष्ट्रिय भलिवल टोलीका कप्तान कैलाश भट्टले अन्तराष्ट्रिय खेलजीवनबाट सन्यास लिएका छन । लामो समय देखि राष्ट्रिय टोलीमा ओपन स्पाइकरको रुपमा रहेका कैलासको नेतृत्वमा एपीएफले छैटौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको थियो । बैतडीका स्थायी बासीन्दा भट्टले नेपालमा भएको साफ च्याम्पियनसीप भलीबल प्रतियोगितामा नेपाली टोलीको नेृतत्व गरेका थिए ।
दर्जनौ प्रतियोगितामा उत्कृष्ट स्पाइकर र उत्कृष्ट खेलाडीको अवार्ड पाएका भट्टले पहिलो महिला दक्षिण एसियाली साफ च्याम्पियनसीपको अन्तिम खेलको दौरान सन्याषको औपचारिक घोषित गरे । ढाका सागमा नेपाली टोलीमा समाबेश भएका मध्य कैलास पछिल्लो समयसम्म भलीबलमा सक्रिय थिए ।

Comment