गलत सस्कारले खेलकुद विग्रीयो

नेकपा एमालेका  उपमहासचिव घनस्याल भुषालले नेपालको खराब सामाजीक र राजनितीक अबस्थाका कारण खेलकुद पनि समस्याग्रस्त बनेको बताएका छन् ।  नेपाल खेलकुद महासंघको आयोजनामा बिहिबार आयोेजित नेपाली खेलकुदको अबस्था ,सम्भावना र चुनौती विषयक विचार गोष्ठिमा बोल्दै नेता भुषालले राजतन्त्रको अन्त्य भए पनि त्यस पछि उत्पन्न रिक्त स्थान पुरा नभएकाले समाजको अबस्था तरल भएको र यसले खेलकुदलाई पनि प्रतिकुल प्रभाव पारेको बताए ।
कार्यक्रममा बोल्दै नेकपा एमाले उपत्यका इन्चार्ज तथा नेपाल ओलम्पिक कमिटीका महासचिव जिवन राम श्रेष्ठले खेलकुदको अबस्था लथालींग र भताभुंग रहेको बताए । राजिनितीक नियुक्त पााएर सदस्य सचिव भए पनि अन्य पार्टीको सरकार हुदा नछाड्ने प्रबृत्तीले समस्या निम्त्याएको बताए ।
उनले आफूहरु लोकतन्त्रको लागि लड्दै गरेको अबस्थामा राजतन्त्र जोगाउन लागी पर्ने र बैठक राख्दे हिडने ब्यक्ति परिषद्को नेृतत्वमा रहेका कारण त्यसै सस्कारलाई लाद्न खोजेको आरोप लगाए । नेपाली खेलकुदको उन्नतीको सम्भावना नया खेलकुद नितबिाट मात्र सम्भब बताउदै उनले आफू सदस्य सचिव भएको समयमा यस खाले पहल भएको बताए । उनले नेपाली खेलकुदको नेतृत्व राजिनितीक परिवर्तनका बाहक ब्यक्तिले नगरे सम्म सही सस्कारको विकास नहुने बताए ।
उनले नेपाली कांग्रेस सत्तारुढ दल भए पनि अन्य मन्त्रालयकमा असहयोग गर्ने गरेको र खेलकुदमा एमालेलाई असहयोग गर्न उसको भातृ संगठनले निर्बाह गरेको भुमिका आपत्तिजनक रहेको बताए । उनले आफू सदस्य सचिव रहदा हरेक ठूला खेल महोत्सब पछि हिसाब सार्वजनिक गर्ने प्रचलन बसाए पनि बर्तमान सदस्य सचिबले गलत नियतले त्यो परम्परा तोडेको आरोप लगाए । उनले टेन्डर आह्जान गर्दा बोलकबोलमा एक हजार रुपिया पनि नछाडे पनि ठेक्का दिइनु आपत्तिजनक रहेको बताए  । राजनितीक प्रतिसोधका आधारमा कर्मचारी र प्रशिक्षक  माथि बर्तमान सदस्य सचिव पूर्वाग्रही भएको आरोप श्रेष्ठको रह्यो । शितकालीन ओलम्पिकमा नेपालको सहभागिताको बिरोध गर्नु खेल भावना विरोधी कार्य रहेको आरोप पनि श्रेष्ठको थियो ।
श्रेष्ठले आफू सदस्य सचिव छदा राष्ट्रिय खेलकुद आयोजना गर्न कुनै कसर बाकी नराखेको बताउदै उनकै पार्टीका जिम्मेवार ब्यक्ति पनि  छैटौ राष्ट्रिइ खेलकुदको विरुद्धमा रहेको र भाड्न प्रयास गर्दा आफूले त्यसो गर्न नहुने कुरा राखेको सहस्योद्घाटन गरे । बर्तमान सदस्य सचिव युवराज लामा र एमालेकै केही ब्यक्तिको अघोषित साठगाठ तथा मन्त्री पुरुषोत्तम पौडेल भन्दा सदसय सचिव ठिक लाग्नुको कारण बारे छानबीन हुनु पर्ने बताए । उनले पार्टीको महाधीबेसन पछि पार्टीले जिम्मेवारी नतोकीकनै पुरानै जिम्मेवारीको आठमा जथाभाबी अभिब्यक्ती दिदै हिड्नु आपत्ति जनक रहेको बताए । उनले आफ्नो मन्त्रालयमा भन्दा अन्यत्र चासो दिनु गैर जिम्मेवार भएको बताए ।कार्यक्रममा नेकपा माओबादीका नेता तथा खेलकदु इन्चार्ज कुला बहादुर केसी सोनामले सबै प्रगतीसिल सोचाइ राख्नेहरु जुन पार्टीमा रहे पनि एउटै टेबलमा बसेर निष्कर्ष निकाल्नु पर्ने बताए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुब बहादुर प्रधानले सघ स्वयत्त हुनु पर्ने अन्तराष्ट्रिय चार्टर सबैले मान्नु पर्नेमा जोड दिए । मदन भण्डारी स्पोट्रस एकेडेमीका अध्यक्ष रमेस सिलवालले राजिनितीक नियुक्त लिएर सबैले सरकार परिवर्तन भए पछि जिम्मेवारी छोड्ुन पर्ने बताए । सिलवालले एकातीर राजनिती गर्दिन भन्ने र अर्को तर्फ प्रचण्ड र बााबुराम भट्टराइको हवाला दिने दोधारे निती भएको बताए । सिलवालले राजनिती गर्दीन भन्नेले प्रचण्ड र बाबुरामको हवाला दिन आबस्यक नरहेको बताए । उनले नेपाली खेलकुदको अबस्था दयनीय भएको बताए । उनले २०५१ मा आफूहरुले खेल क्षेत्रका सबै मिल्नु पर्ने भन्दै बहस गरे पनि राजनितीक प्रतिसोधका कारण त्यो सम्भब नभए पछि खेलकर्मी न्युनतम कुरामा एकजुट हुन रोकीएको बताए ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष  लामा टेन्डी शेर्पाले मन्त्री स्तरीय निर्णय भए पछि मात्र सदस्य सचिवले एसियाडको तयारी गरेको आरोप लगाउदै खेलहरु माथि समेत बर्तमान सदस्य सचिव पूर्वाग्रही भएको बताए । कार्यक्रममा विभिन्न खेलका खेलाडी, प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामकृष्ण बानीया लगायतको उपस्थिती थियो ।कार्यक्रम महासंघका कार्यबाहक अध्यक्ष केशब विस्टको सभापतीत्वमा भएको थियो ।

Comment