जिवेश र फणेन्द्रको जोडीको जित


सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा यही माघ १६ गतेबाट संचालित ‘तेह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७३’ अन्तर्गत मंगलबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् ।
प्रतियोगिताको मंगलबार सम्पन्न पुरुष एकलतर्फको इभेन्ट्समा त्रिभुवन आर्मी क्लवका रत्नजित तामाङले नेपाल एपीएफ क्लवका सुमन लिम्बुलाई २१–९, २१–१६ ले, नेपाल पुलिस क्लवका गौतम कठायतले सोहि क्लवका दिपक बोहरालाई २१–८, २१–१७ ले तथा त्रिभुवन आर्मी क्लवका नविन श्रेष्ठले नेपाल एपीएफ क्लवका सुनिल जोशीलाई २१–१८, २१–१४ ले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी सम्पन्न महिला एकलतर्फको खेलमा नेपाल एपीएफ क्लवकी शिक्षा श्रेष्ठले सोहि क्लवका शोभा गौचनलाई २१–१०, २१–१८ ले, त्रिभुवन आर्मी क्लवका अनुमाया राईले सोहि क्लवका सुनैना मुखियालाई १५–२१, २१–१८ र २१–१७ ले, त्रिभुवन आर्मी क्लवका नङ्गशलादेवी तामाङले सोहि क्लवका जेसिका गुरुङ्गलाई २१–२३, २१–१९ र २१–१९ ले तथा नेपाल एपीएफ क्लवकी मेघा चन्दले त्रिभुवन आर्मी क्लवका अमिता गिरीलाई २१–२३, २१–२० र २१–१९ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी पुरुष युगलतर्फको इभेन्ट्समा त्रिभुवन आर्मी क्लवका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले नेपाल एपीएफ क्लवका सुनिल जोशी र रमेश शेर्पाको जोडीलाई २१–१२, २१–१३ ले, नेपाल पुुलिस क्लवका गौरव दाहाल र अनिस श्रेष्ठको जोडीले नेपाल एपीएफ क्लवका मनबहादुर बुढाथोकी र रुद्र थिङ्गको जोडीलाई २१–१४, २१–११ ले, नेपाल एपीएफ क्लवका ईन्द्रबहादुर महता र बिमल श्रेष्ठको जोडीले काठमाडौका नारायण गौतम र अभिशेक गुरुङ्गको जोडीलाई २१–१२, २१–१० ले, त्रिभुव आर्मी क्लवका सुरोज महर्जन र राम राईको जोडीले नेपाल पुलिस क्लवका दिपक बोहरा र गौतम कठायतको जोडीलाई २१–११, २१–१८ ले तथा नेपाल एपीएफ क्लवका बिजित थापामगर र बिशाल प्रधानको जोडीले काठमाडौंका ओम गुरुङ्ग र थाप्चेन शेर्पाको जोडीलाई २१–७, २१–१० ले पराजित गरि क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
यसैगरी ३५ वर्षमाथि मास्टर युगलतर्फको इभेन्ट्समा नेपाल एपीएफ क्लवका जिवेशकुमार पाण्डे र फणेन्द्रबहादुर शाहीको जोडीले सोहि क्लवका जगदिश्वर कार्की र तेजराज शर्माको जोडीलाई २१–१२, २१–११ ले, नेपाल एपीएफ क्लवका नारायाणदत्त पौडेल र राजु गौतमको जोडीले सोहि क्लवका डा. सुरेन्द्रमान श्रेष्ठ र दिपक गुरुङ्गको जोडीलाई २१–६, २१–९ ले तथा नेपाल पुलिस क्लवका गणेश चन्द र कृष्ण सिवाकोटीको जोडीले नेपाल एपीएफ क्लवका गणेश ठाडा मगर र अशोक शाक्यको जोडीलाई २१–१४, २१–६ ले पराजित गरेको छ ।

Comment