रत्नजित र नबीनको जोडी विजयी


सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा आइतबार सुरु भएको ‘तेह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७३’ अन्तर्गत सोमबार भएको पुरुष युगलतर्फको इभेन्ट्समा नेपाल एपीएफ क्लवका सुनिल जोशी र रमेश श्रेष्ठको जोडीले कञ्चनपुरका मोहन ऐर र चिरन विष्टको जोडीलाई २४–२२, २१–१६ ले पराजित गरे । यसैगरी, नेपाल पुलिस क्लवका गौरव दाहाल र अनिस श्रेष्ठको जोडीले महोत्तरीका बरुण दाहाल र सुशिल श्रेष्ठको जोडीलाई २१–०९, २१–११ ले, अन्नपूर्ण ब्याडमिन्टन क्लबका रामकुमार बानियाँ र रोमान्ता प्रदिप बानियाँको जोडीले थिरबहादुर कार्की र रुपक थिङको जोडीलाई २१–१७, २१–१० ले, ब्याडमिन्टन एकेडेमी नेपालका सुनिल बराही र सविन ढुंगेलको जोडीले धादिङका बिदुर कडेल र चित्रबहादुर मगरको जोडीलाई २१–१०, २१–८ ले तथा नेपाल पुलिस क्लबका दिपक बोहरा र गौतम कठायतको जोडीले ललितपुरका पविन लिङ्गदेप र दिपेश शाक्यको जोडीलाई २१–१०, २१–१६ ले पराजित गरे । त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र राम राईको जोडीले धादिङका रामचन्द्र गिरी र हरि गोतामेको जोडीलाई २१–१०, २१–१३ ले, नेपाल एपीएफ क्लवका निराजन देवकोटा र निरबिक्रम देवकोटाको जोडीले चन्द्रसुर्य व्याडमिन्टन क्लवका बोधराज श्रेष्ठ र सुवास उलाकलाई २१–४, २१–१० ले र नेपाल एपीएफ क्लवका विशाल प्रधान र विजित थापामगरको जोडीले जेष्ट व्याडमिन्टन एकेडेमीका शसी रावत र अखिल श्रेष्ठको जोडीलाई २१–१२, २१–१५ ले पराजित गरेको छ भने त्रिभुवन आर्मीका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडी, नेपाल एपीएफ क्लवका ईन्द्र महता र बिमल श्रेष्ठको जोडी, काठमाडौंका नारायण गौतम र अभिषेक गुरुङको जोडी, काठमाडौका ओम गुरुङ्ग र थाप्चेन शेर्पाले धादिङ्गका भिषण श्रेष्ठ, त्रिभुवन आर्मी क्लवका रुकेश महर्जन र प्रफुल महर्जन तथा नेपाल एपीएफ क्लवका सुमन लिम्बु र सुदिप सेढाईको जोडीले वाक ओभर पाएको छ ।
यसैगरी १७ वषैमुनि पुरुष एकलतर्फका इभेन्ट्समा त्रिभुवन आर्मी क्लवका रुकेश महर्जनले कैलालीका देवराज रानालाई २१–१५, २१–१३ ले, नेपालगंज व्याडमिन्टन एकेडेमीका शिव थापाले कैलालीका योगेश खड्कालाई १४–२१, २२–२० र २३–०२ ले, नेपाल एपीएफ क्लवका प्रिन्स दाहालले कैलालीका पुष्प ठगुन्नालाई २१–९, २१–१२ ले, कञ्चनपुरका मोहन ऐरले मोरङ्गका उज्जवल पोखरेललाई २१–११, २१–१९ ले, सुनसरीका बिशाल खड्काले जेष्ट व्याडमिन्टन क्लवका बरुण सीलाई १९–२१, २२–२० र २१–११ ले, तथा त्रिभुवन आर्मी क्लवका प्रफुल्ल महर्जनले कैलालीका रवि चन्दलाई २१–८, २१–४ ले पराजित गरेका छन् ।

Comment