एचएचसीए दुई उपाधि नजिक

हिमालयन हेल्पलेस चाइल्ड एकेडेमी (एचएचसीए)प्रथम नामी कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्स दुवैको फाइनलमा मंगलबार प्रवेश गरेको छ ।जोरपाटीस्थित आयोजक नामीको कोर्टमा एचएचसीएले टेरेसा एकेडेमीलाई ३९–२९ ले पराजित ग¥यो । विजेताका विशाल मानन्धरले १४ अंक जोडे ।
पहिलो क्वाटरमा ८–५ को अग्रता लिएको एचएचसीएले बाँकीमा पनि अग्रतालाई जोगाइ राख्यो ।एचएचसीएले दोश्रोमा ८–५, तेश्रोमा ११–१० र चौथोमा १४–७अंक जोड्यो ।उपाधिकालागि एचएचसीएले विल्सन एकेडेमीको सामना गर्नेछ । दोश्रो सेमिफाइनलमा विल्सनले ग्यालेक्सी पब्लिक स्कुललाई ५४–३८ ले हरायो । विल्सनका सालिन सिटौलाले उत्कृष्ट प्रदर्शन गर्दै २२ अंक बटुले ।
चौथो क्वाटर १६–१६ को बराबरीमा टुंगिनु बाहेक अन्य सबैमा विल्सनले नतिजा आफ्नो पक्षमा पा¥यो । विल्सनले पहिलोमा १७–६, दोश्रोमा १६–४ र तेश्रोमा २१–१२ को प्रदर्शन ग¥यो ।
गल्र्सको पहिलो सेमिफाइनलमा एचएचसीएले ग्यालेक्सीलाई २५–१० ले निराश पार्दै भ्यालीपब्लिकसंग उपाधि भिडन्त पक्का ग¥यो । एचएचसीएको जितमा मिङमा शेर्पाले ८ अंक योगदान गरिन् । अर्को सेमिफाइनलमा भ्यालीपब्लिकले ज्ञाननिकेतनको यात्रा ३३–२० ले पूर्र्णविराम लगायो ।भ्यालीपब्लिककी लक्ष्मी चौधरीले १४ अंक जोडिन् ।
फाइनल बुधबार हुनेnapi 1 आयोजकले जनाएको छ । ब्वाइज र गल्र्स दुवैतर्फ पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै दुवै विधाका ‘मोस्ट भेलुएबलप्लेयर’ लाई एभरेष्ट रेन्जको माउन्टेन फ्लाइटको अवसर प्रदान गरिनेछ ।

Comment