करातेको बेल्ट वितरण


आइडब्लुएफएन कराते डो एसोसीएसनले आइतबार आफ्ना खेलाडीलाई बेल्ट वितरण गरेको छ । प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, संघ अध्यक्ष लक्ष्मण लम्साल र पूर्व गोदावरी गावीस अध्यक्ष श्याम सिलवाल लगायतले खेलाडीलाई बेल्ट वितरण गरे ।
पाचौ डान पाउनेमा बद्धराज नेघी र चौथौ डान पाउनेमा चिन लामा रहे । यसैगरी, ज्ञान बहादुर थापा मगर र सुमन लामाले तेश्रो डान पाए । दोश्रो डान पाउनेमा प्रबेश लामा,सोनाम तामाङ्ग, मनीसा मगर, हरी पहरी,सुसीला तामाङ्ग,पुजा सिलवाल, प्रबिण स्याङ्गतान,सुमेस सिलवाल, हरि तामाङ्ग र लुयना घिसिङ्ग रहे । सेन्ट जेभियर्स स्कुल गोदावरीमा भएको कार्यक्रममा हिमा उप्रेती, सुसील आले मगर, अरुण मगर, सुभ सिलवाल, शुक्रराज तामाङ्ग, सुरज तामाङ्ग, अजय तामाङ्ग,दिपिका कश्यप, सुनिता राना मगर, श्रमोद श्रेष्ठ र लक्ष्मी तामाङ्ग छन् ।

Comment