किरात खेलकुद संघको बार्षिकोत्सबको अबसरमा खेलाडी सम्मान


किरात राइ खेलकुद संघले शनीबार आफ्नो चौथो बार्षिक उत्सबमा जीयोग्राफील च्यानलकी एडभानचर अफ द इयर २०१७ मिरा राइ लगायत खेलकर्मीलाई सम्मानीत गरेको छ । प्रमुख अतिथी, किरात राइ योयाख्खाको कार्यबाहक अध्यक्ष दिवस राइ, संघका अध्यक्ष महेन्द« राइ र राष्ट्रिखेलकुद परिषद् कर्मचारी संघका अध्यक्ष रञ्जन थापा लगायतले सम्मान गरे । सम्मानीत हुने अन्य खेलाडीमा सितेरियोकी रबिना राइ, म्याराथन धाबक भुमि राज राइ, उसुका राज कुमार राइ, उसुकै जुनि राइ, सुटिङ्गका अस्मित राइ र मनिका राइ, उसुकी सबिता राइ, एभरेस्ट म्याराथान विजेता दिपक राइ, भलबलकी रेफ्रि चन्द« बदना राइ, पूर्व फुटबल खेलाडी मिसेस मंगोल सोनाम राइ,सितरियो प्रशिक्षक सेसुका राइ, सितेरियो खेलाडी तथा विमान परिचालीका हिरा देवी राइ र संघको सुनसरी जिल्ला संघ रहेका छन् ।
सातौ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता पनि सम्मानीत भए । सम्मानीत हुनेमा उसुका ओमिन राइ, सविता राइ, अरुणा राइ, एथलेटिक्सका बिनोद राइ, खोखोकी मञ्जु राइ, कबड्डीकी अनुशा राइ, आइटीएफका र्सिजना राइ र अल्पना राइ, हक्कीकी सामुयल राइ र ह्यान्डबलका दिपेन्द« राइ रहे ।
यसैगरी सम्मानीत हुने अन्यका बक्सीङ्गका पुरन राइ र माला राइ, फुटबलका मिलन राइ र निसा देवान, उसुका अशोक खालीङ्ग,जिम्न्यास्टिकका राजु राइ, ह्यान्बडलका उमा राइ, बन्दना राइ, कविता राइ र लिला राई सम्मनीत भए ।
अन्य प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा फूलकन्ट्यक्टका सुजता राइ, जुनि राइ र सञ्जय राइ सम्मानीत हुनेमा सुचिकृत रहे । यसैगरी कराते खेलाडी, राजेन्द« राइ,कीक बक्सीङ्गका रोमन राइ, स्क्वासकी भावना सुनुवार, कबड्डीका अञ्जु राइ, सितेरियाको ऐश्वर्य राइ र करातेका प्रकास राइ लगायत सम्मानीत भए ।

Comment