स्वर्ण विजेतालाई छात्रवृत्ति

sotokan karate
भारतको कोलकातामा भएको २३ औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफलआफ्ना खेलाडीलाई सीतापाइलास्थित शिशु निकुञ्ज उमाविले प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गर्ने भएको ।
उक्त स्कुलमा अध्ययनरत निखिल केसीले २ तथा विजय बस्नेत र विशाल गोलेले १–१ स्वर्ण जितेका थिए ।
उनीहरु लगायत प्रतियोगितामा पदक जित्ने अन्य खेलाडीसहित अफिसियललाई सम्मान गर्न आयोजित कार्यक्रममा स्वर्ण विजेता त्रयले १ वर्षकालागि छात्रवृत्ति पाएको नेपाल सोतोकान कराते डो संघकी कोषाध्यक्ष ममिता श्रेष्ठले जनाएकी छन् ।
डिसेम्बर ६ देखि ७ तारिखसम्म भएको च्याम्पियनसिपमा नेपाल १३ स्वर्ण, ९ रजत र ११ कांस्यसहित टिम च्याम्पियन बनेको थियो ।

Comment