दृष्टि विहीन क्रिकेट टोली सम्मानित

बेलायत रनेपाली राष्ट्रिय महिला दृष्टिविहीन क्रिकेट टिमबीचको मैत्रीपूर्ण टी– ट्वान्टी प्रतियोगितामा जित हात पारेको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले मंगलबार नगद सहित सम्मान गरेको छ । गत कात्तिकमा भएको ३ खेलको श्रृङ्खला नेपालले ३–० ले जितेको थियो ।
युवातथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र सचिव दीपेन्द्रनाथ शर्माले टिमका १४ खेलाडीसहित १९ जनालाई जनही १० हजार र सम्मानपत्र प्रदान गरी सम्मान गरे ।
सम्मानित हुने खेलाडीमा भगवती भट्टराई (कप्तान), गीता पौडेल, ओममाया पुन, सीता ढकाल, मीना क्षेत्री, मनकेसी चौधरी, सुनिता घिमिरे, भगवती अम्गाईं, सरिता घिमिरे, रीता थापा, निमाविसी, मुना अर्याल, माया गौतम र आशा रेगामी रहेका छन् ।
त्यस्तै टिमप्रशिक्षक कृतन श्रेष्ठ दुवाल, व्यवस्थापक विमल पौडेल, बन्दोबस्ती व्यवस्थापक पर्वत राज विष्ट, समन्वयकर्ता पवन घिमिरे तथा प्रमुख निर्णायक गंगाप्रसाद पौडेल पनि सम्मानित भए ।
Comment