जुनियर टेनिस टोली कतारतर्फ

junior tennis team
कतार एसियालीजुनियर टेनिस टिमकपमा सहभागी हुन४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार कतार प्रस्थान गरेको छ । डिसेम्बर २३ देखि ३० तारिखसम्महुने च्याम्पियनसिपमा संरक्षक भूषण वज्राचार्य, रेन्जन लामा, प्रनव खनाल र संरक्षकका सहोदर भाइ सम्यकले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा र अखिल नेपाल लन टेनिस संघका अध्यक्ष मनोज राणाले बिदाइ गरे । च्याम्पियनसिपमा नेपाल सहित १० राष्ट्रको सहभागिता रहने बताइएको छ ।
पछिल्ला बर्षमा नेपाली जुनियर टेनिस उत्कृष्ट अबस्थामा रहे पछि नेपालले यो अबसर पाएको हो । प्रतियोगितामा एसियाका १० उत्कृष्ट जुनियर टेनिस टोलीको सहभागिता रहने छ । टोलीमा रहेका चार खेलाडी एकसेएक उत्कृष्ट रहेका छन् । प्रतियोगितामा सहभागि टोलीलाई आगामी दिनमा एसियाली स्तरमा राम्रो प्रतिस्पर्धा गगर्न सक्ने टोलीको रुपमा हेरिएको छ ।

Comment