अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगितामा क्वीन गोर्खा सिग्नलको जित

<stronjersey
पोखरा
पोखरा भ्याली स्पोर्टस् क्लब पोखरा–१०÷१५ रामबजारको आयोजना एवं इन्टेक ०६ ब्रिगेड अफ गोर्खाज, बेलायतको मुख्य प्रायोजनमा मड्डलबारदेखि माछापोखरी खेलमैदान संगमटोलमा दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ सुरु भएको छ।
उद्घाटन खेलमा युकेको टीम क्वीन गोर्खा सिग्नल विजयी भएको छ। उसले युकेकै ब्रुनाइ ब्वाइज इन्टेक ०६ लाई १–० ले पराजित ग¥यो। डिबक्सनजिक क्याप्टेन सन्तोष श्रेष्ठको मिस पासलाई पहिलो हाफको अन्तिम समयमा क्वीन गोर्खा सिग्नलका विश्वास गुरुङले गोलमा परिणत गरेका थिए।
दोेस्रो खेलमा युनिक एफसीले हर्मन माइनर युथ क्लबलाई २–० ले हरायो। युनिक एफसीको लागि अनिश शाहीले पहिलो हाफमा र अजित गुरुङले दोस्रो हाफमा एक–एक गोल गरेका थिए।तेस्रो खेलमा एलजी एशोसिएसन बी ले ब्रदर एफसीलाई ५१ ले पराजित गयो। एलजी एशोसिएसन बी को तर्फबाट विश्व गुरुले दुई तथा विधान कार्की, सिद्धार्थ रञ्जित र अशोक गुरुले एक–एक गोल गरेका थिए।ब्रदर एफसीको लागि संजोग गुरुङले सान्त्वना गोल गरेका थिए। चौथो खेलमा पाटन युनाइटेडले गोर्खा गन्स इन्टेक ११ लाई ४–० ले पाखा लगायो। पाटन युनाइटेडको लागि प्रवीन थापाले दुई तथा सुशान गुरुङ र रबि थकालीले एक–एक गोल गरे। बुधबार नौवटा खेल हुने विकास गुरुङले जानकारी दिए।
पुस १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा युकेको तीन टीमसहित २९ टीमको सहभागिता रहेको क्लबका उपाध्यक्ष एवं खेल संयोजक नरेन्द्र (राजु) गुरुङले जानकारी दिए।
यसअघि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटाले प्रतियोगिताको उद्घाटन गरे।
रामबजार सोसाइटी युकेका वरिष्ठ सल्लाहकार शुभसिंह गुरुङले एउटा साथी दिवंगत हुँदा अन्य साथी मिलेर अक्षयकोष खडा गरी उसैको नाम अमर राख्न क्लबले गरेको काम उत्कृष्ट भएको दाबी गरे।
सो अवसरमा रामबजार सोसाइटी युकेको तर्फबाट अमन गुरुङको नाउँमा रहेको अक्षयकोषको लागि एक लाख प्रदान गर्ने घोषणा गरिएको थियो। यस्तै रामबजार पोखरा हङकङको तर्फबाट विकास गुरुङले खेल संयोजक नरेन्द्र गुरुङलाई अक्षयकोषको लागि एक लाख तीन हजारको चेक हस्तान्तरण गरे। यसैगरी इन्टेक ०६ र क्वीन गोर्खा सिग्नलका साथी मिलेर क्लबलाई ५० हजार रकम हस्तान्तरण गरेका थिए। रंगीला डान्स क्लबका हिटलर घलेले बाबु थकालीमार्फत क्लबलाई १६ थान फुटबल जर्सी पनि हस्तान्तरण गरेका थिए।
प्रतियोगितामा विजेता टीमलाई नगद ८० हजार तथा उपविजेता टीमलाई नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै बेस्ट प्लयेर, हाइस्कोरर र फेयर प्ले टीमलाई जनही पाँच हजार तथा ट्रफी प्रदान गरिने छ।
पोखरा भ्याली स्पोर्टस् क्लब कोरियार रामबजार ग्रुप अफ अमेरिका प्रायोजक रहेको प्रतियोगितामा प्रथम पुरस्कारको प्रायोजन डल्फिन ब्वाइज क्लब हङकङ, द्वितीय पुरस्कारको प्रायोजन हिमश्री फूड्स प्रालिले गरेको क्लबका सचिव सम्मरबहादुर श्रेष्ठले जानकारी दिए।
यस्तै बेस्ट प्लयेरको पुरस्कार प्रायोजन सहारा क्ब पोखरा, हाइस्कोररको पुरस्कार प्रायोजन श्याम क्षत्री हङकङ र फेयर प्लये पुरस्कारको प्रायोजन सहारा स्पोर्टस् कर्नरले गरेको छ।
क्वाटरफाइनलबाट प्रदान गरिने म्यान अफ दी म्याचको ट्रफी सुवास गुरुङ हङकङले प्रायोजन गरेका छन्। पिउने पानीको प्रायोजन श्रीकृष्ण मन्दर आमा समूह रामबजार, कृष्णचोकले गरेको छ। प्रतियोगितामा रामबजार सोसाइटी युके, रामबजार पोखरा हङकङ, भ्याली स्पोर्टस् क्लब कोरिया, रामबजार ग्रुप अमेरिका र डल्फिन ब्वाइज हङकङको विशेष सहयोग रहेको क्लबका कोषाध्यक्ष विश्व तण्डुकारले जानकारी दिए।
छ लाख ५० हजार खर्च हुने तथा आठ लाख आम्दानी हुने अनुमान गरिएको प्रतियोगिताबाट बचत भएको रकमको ५० प्रतिशत अमन गुरुङ अक्षयकोषमा जम्मा गर्ने तथा ५० प्रतिशत रकम क्लब सञ्चालनमा खर्च गरिने छ।
क्लबका कार्यबाहक अध्यक्ष खेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य ज्ञानबहादुर थापाले गरेका थिए। शुक्रबार रामबजार १० र १५ का महिला समूहबीच मैत्रीपूर्ण खेल खेलाइने छ।

Comment